30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

इप्रका पाेखरिया मदिरा नियन्त्रण अभियानमा

apo pokhariya_kalikatimes
इलका प्रहरी कार्यालय पाेखरिया । फाइल तस्बिर

वीरगंज । ईलाका प्रहरी कार्यालय पोखरीया मातहतका प्रहरीले मदिरा नियन्त्रण अभियानमा जुटेको छ । सोही क्रममा २ ठाउँमा रक्सीभटठी नष्ट गरेको छ भने एक ठाउँबाट तयारी मदिरा नियन्तत्रणमा लिएको छ ।

प्रहरीचौकी प्रसौनीभाटठाले बिन्दवासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनीभाटठामा रहेको रक्सी भटठी नष्ट गर्नुका साथै १ सय ६० लीटर कच्चा मदिरा र ५५ लीटर तयारी मदिरा नष्ट गरेको छ । साथै भाडाकुडा, सरसमान, मदिरा बनाउने मसिन समेत तोडफोड गरी नष्ट गरेको छ ।

यता पकहामैनपुर गाउँपालिका वडा नम्बर ४ धोबियाटोलामा रहेको रक्सीभटठी नष्ट गर्नुका साथै ४ सय लिटर कच्चा मदिरा र ५५ लीटर तैयारी मदिरा नष्ट गरेको छ भने भाडाकुडा, मसिन र सरसमानहरु समेत फुटाएको छ ।

यसैगरी धोबिनी गाउँपालिकाको लंगडी बजारबाट गएराती ४५ लीटर तयारी मदिरा नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले बताउनु भयाे । प्रहरी निरिक्षक सिंहका अनुसार मदिरा नियन्त्रण हुदा अपराध नियन्त्रण हुने भएकोले आफ्नो ईलाकामा मदिरालाई निषेधित गर्नमा जोड दिएको छु ।

आफनो ईलाकामा रहेको मदिरा भटठीहरु नष्ट गर्ने र अपराधलाई निर्मुल पार्ने सिंहले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.953 sec. Memory consumption:81.48 mb