21.9 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

मुर्लीमा सांसद यादवद्वारा विवाह भवनको शिलान्यास

वीरगंज । पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले वीरगंजको मूर्लि हनुमान मन्दिरस्थित बिबाह भवनको शिलन्यास गरेका छन् ।

पर्सा क्षेत्र नं. १ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत निर्माण हुने भवनकाे एक कार्यक्रमका विच आज सांसद यादवले शिलान्यास गरेका हुन । संसदीय कोषबाट रु २५ लाखको लागतमा विवाह भवन निर्माण हुने सांसद यादवका स्वकिय सचिव निखिल बर्णवालले वताए ।

पर्सा क्षेत्र नं. १ को वीरगंज महानगरपालिका वडा नं. १२ मा पर्ने मूर्ली गाउँका विभिन्न समुदायको विवाह, समाजिक कार्यक्रम लगायत गरिब, निमुखाहरुले पनि खुसियालीका साथ धुमधामसंग विवाह गर्न सजिलो हुने सांसद यादवले बताए । उनले समाजिक विकास गर्न सकिने सम्पूर्ण कार्यमा आफ्नो उत्साह जनक सहभागिता रहने गरी कार्य गरिने प्रतिबद्धता समेत जाहेर गरे ।

यसका साथै बिकाश निर्माणको कुनै कार्यमा कुनै किसिमको गल्ति नगरिने र सबै बिकाश कार्यको निगरानी गर्न सम्पूर्ण समाजको दायित्व भएको हुनाले विकास कार्यमा हाथेमालो गरि अगाडी बढ्न आग्रह गरे |

शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका संयाेजक नेक महमद अन्सारी, वी.म.न.पा. वडा न.१२ का अध्यक्ष रामदरश कुशवाहा, नगरपालिका सदस्य रमेश साह कानु, सुराती देवी, निलम कुमारी कुशवाहा, समाजवादी पार्टीका जिल्ला सदस्य मुस्तकिम हवारी, नगर उपाध्यक्ष सेख रुस्तम, संसदीय प्रतिनिधि घनश्याम गुप्ता लगायतकाे सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:3.180 sec. Memory consumption:81.5 mb