26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

परवानिपुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरगन्ज । बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ लिपनीमालमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाले रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न गरेको छ ।

संस्थाको दशौं बार्षिकोत्सवको अवसरमा आयोजित रक्तदानमा ५ महिला सहित एक सय पाँच जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा जिउत साह, प्रेमचन्द्र साह सोनार, प्रमोद साह कानु, सफिक आलम, विजय साह, आनन्द यादव, प्रेमचन्द्र साह , मनिष रौनियार, शनि आलम लगायत रहेका छन् ।

यस्तै निशुल्क स्वास्थ्य शिविरमा ३ सय जनाले चेकजाँच गराएका छन । परवानीपुर बजारको हबिब मार्केटमा आयोजना भएको उक्त शिविरमा लिपनीमाल, परवानीपुर, कोईरीयाटोला, ताजपुर, रामपुर, बुनियाद, मुसहरी लगायतका एक दर्जन भन्दा बढि गाँउका महिला, पुरुष तथा बालबालिकाले चेकजाँच गराएको संस्थाका बिजय साहले जानकारी दिए ।

शिविरमा इन्डोक्राइनोलोजिट डा.राजिव यादव, बालरोग विशेषज्ञ डा. अतिन्द्र मिश्राले बिरामीहरुलाई चेकजाँच गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.164 sec. Memory consumption:81.5 mb