Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

वीरगंजमा कोरोना र ट्राफिक जनचेतना

spot_img
spot_img
वीरगंज । भोलन्टियर समूह वीरगंज र वातावरण जिउने आधारको संयुक्त आयोजनामा आज काेरोना भाइरस र ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न भएकाे छ ।
हालै विश्व भरी नै माहामारिको रुपमा फैलन गरेको कोरोनो भाइरस र हालै पर्सा जिल्लामा ट्राफिक पनि अव्यवस्थित रहेकोले ट्राफिक जनचेतना कार्यक्रम संचालन गरिएको भाेलन्टियरका संयाेजक राजन श्रीवास्तवले वताए । वीरगंजकाे घण्टाघर देखि माइस्थान सम्म भएकाे कार्यक्रममा युवा, व्यापारी, अभियान्ता, प्रहरीको उपस्थिति रहेकाे थियाे ।
कोरोना भाइरसलाई ध्यानमा राखी घण्टाघर देखि माइस्थान सम्म २/२ मिटर सम्मको दुरिमा ट्राफिक डिभाइडरको रुपमा युवाहरु खडा भई जनचेतना सम्बन्धि प्लेकार्ड बोकि, पर्चा पम्पलेट बितरण गर्नुकाे साथै बाटोमा हिड्ने बटुवाहरुलाई सेनिटाइजरको प्रयोग गराई साबुन पानी वा सेनिटाइजरको प्रयोग नियमित गर्नु पर्ने बारेमा जोड दिदै ट्राफिक नियमको पालना, हेल्मेटको सहि प्रयोग, फुतपाथबाट हिड्ने बारेमा जनचेतना जागाइएकाे भाेलन्टियरका सचिव श्याम सरार्फले वताए ।
भोलेन्टियर समूहका संयाेजक श्रीवास्तवको सभापतित्वमा भएकाे कार्यक्रममा वातावरण: जिउने आधारका केन्द्रिय अध्यक्ष आकाश चौहान, वडा प्रहरी कार्यालयका विर्ताका प्रहरी निरिक्षक निर्मल पनेरु, ट्राफिक प्रहरी निरीक्षक कमलराज पन्डित, बाताबरण: जिउने आधार पर्साका अध्यक्ष सौरभ वर्णवाल, बिनय गुप्ता, अनिसकान्त कुश्वाहा, राज सरार्फ, देवेस मानसेवा, अन्किता कर्ण, प्रभा खडका, आशिष गुप्ता, आकाश कुमार, बिबेक बर्नवाल, दिपु बर्णवाल, रुपक पटेल, वातावरण जिउने आधार पर्साका अध्यक्ष सौरभ वर्णवाल, रोशन पटेल, बिकाश चौहान, गरिमा पाण्डे, प्रभाकर चौरासीया, आयुस वर्णवाल लगायतकाे सहभागीता रहेको थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धार्मिक आस्था र परम्परासँग जोडिएको ऋषिपञ्चमी आज मनाइँदै

वीरगंज । नेपाली महिलाहरूले आज अरुन्धतीसहित सप्तऋषिको पूजा–आराधना गरी ऋषिपञ्चमी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा बिहानै उठेर...

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...