Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

अमलेखगञ्जमा ट्यांकर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

spot_img
spot_img

बारा। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जमा डिजेल बोकेको ट्यांकर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।

शुक्रबार दिउँसो करिब १२ बजे नेपाल आयल निगमको डिपो नजिक पथलैया–हेटौंडा सडकखण्डमा दुर्घटना भएको हो।

प्रहरीका अनुसार अमलेखगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको ट्यांकरमा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ग.२ ख १९९३ नम्बरको ईभी हाइस ठोक्किएको थियो। त्यसपछि हाइसको पछाडि रहेको अनटेस्ट मोटरसाइकल पनि दुर्घटनामा परेको थियो।

दुर्घटनामा ट्यांकर चालक चेतनाथ खरेलसहित १० जना घाइते भएका छन्। घाइते हुनेमा ईभी चालक आशिष मल्ल, वीरगञ्ज महानगरपालिका–२ की समिना खातुन र उनकी छोरी सखीना खातुनसहित विभिन्न स्थानका यात्रु तथा मोटरसाइकल चालक रहेका छन्।

घाइते सबैको अमलेखगञ्जस्थित नोभाकेयरमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनीहरूको अवस्था सामान्य रहेको छ। घाइतेहरूको हात, खुट्टा, टाउको र आँखालगायत शरीरका विभिन्न भागमा चोट लागेको छ।

दुर्घटनापछि ईभी हाइस सडकमा चल्न नसक्ने अवस्थामा पुगेपछि केही समय सडक एकतर्फी सञ्चालन गरिएको थियो। दिउँसो १ बजेर ५५ मिनेटदेखि सडकमा दुईतर्फी आवागमन पुनः सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...

ट्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु, श्रीमती गम्भीर घाइते

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–११ स्थित राङ्गी टोलमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर...