40.2 C
Birgunj
8 April 2025
KALIKATIMES.COM

नेकपा जिल्ला सदस्य कानुको निधन

वीरगंज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साका जिल्ला कमिटी सदस्य मोहन साह कानुको निधन भएको छ । कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारी निवासी ६० वर्षिय कानुको बुधबार विहान ६ बजे असमायिक निधन भएको हो ।

विहान ५:३० बजे मोर्निङ्ग वालकमा निस्केेेका कानु गाउँ बाहिरको खेतमा लडेर अचेत भएका थिए । एक घण्टा पछि घरमा उनी नफर्के पछि खोजतलाश गर्दा कानु गाउँ बाहिर रहेको खेतमा फेला परेका थिए ।

अचेत अवस्थामा फेला परेको उनलाई एम्बुलेन्स मार्फत वीरगंज हेल्थ केयरमा लग्दा अस्पतालले मृत घोषण गरेको उनको आफन्तजनले जनाएका छन् ।

माओबादी पृष्ठभुमिका नेता कानु हार्डको बिरामी थिए । कानु कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारी स्थित रहेको श्री रामजानकी प्राबिका विद्यालय ब्यस्थापन समिती अध्यक्ष समेत रहेका थिए । उनको निधनले नेकपा कालिकामाईमा ठूलो क्षति पुगेको नेकपाका नेताहरुले वताएका छन् ।

उनको अन्त्येष्टि भोलि बिहीवार विहान निजि निवास भेडिहारीको आर्य घाटमा गरिने वताईएको छ । उनका दुइटा छोरा भारतमा भएकाले आउन समय लाग्ने भएकाले बिहिबार अन्त्येष्टि गरिने आफनतजनले जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:8.471 sec. Memory consumption:82.49 mb