21.9 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

काेराेना भाइरसकाे भ्रम र यथार्थ विषयक बहस सम्पन्न

वीरगंज । करोना भाइरसको संक्रमणको जोखिम भए पनि त्यसबाट आत्तिनु नपर्ने तर सर्तक हुनु पर्नेमा बिज्ञहरुले जोड दिएका छन ।

देशकै चर्चीत टेलीभिजन न्यूज २४ ले बीरगंजमा आयोजना गरेको कोरोन भ्रम र यर्थाथ बिषयक बहशको लाइभ प्रशारणमा बिज्ञहरुले यस्तो धारणा ब्यक्त गरेका हुन । कोरोना भाइरसको संत्रास बढेको अवस्थामा सामाजिक उत्तरदायित्वलाई मनन गर्दै टेलीभिजनले जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको थियाे ।

चिनबाट शुरु भएको प्राणघातक करोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नकालागि बीरगंज नाकामा हेल्थ डेस्कको स्थपना गरेको पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कार्कीले जानकारी दिनु भयो । उहाँले करोनाको संक्रमणलाई रोक्न कुनै औषधी पत्ता नलागेको अवस्थामा आफ्नो आनी वानीमा परिर्वतन गर्न जोड दिनु भयो ।

उहाँले हातसंगको सम्पर्कलाई मात्र पनि नियन्त्रण गर्न सक्दा निकै फाइदा हुने बताउनु भयो । कारोना भाइरसको लाग्दैमा अत्तिनु नपर्ने बताउदै डा. अभिसेक सिंहले सरसफाईमा ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले कोरोना जीवाणु कपडामा ९ घण्टा र धातुमा १२ घण्टा र २० देखी २६ डिग्री तापक्रममा अलि बढी फैलीन सक्ने भएकोले सरसफाईमा जोड दिन अनुरोध गर्नु भयो ।

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले बीरगंजको नारयणी अस्पतालमा ६ बेड, नेशनल मेडिकल कलेजमा ५० बेड र नारायणी बयोधा अस्पतालमा ४ बेड आइसोलेशनका लागि ब्यवस्था गरिएको जानकारी गराउनु भयो । उहाँले सबैजना सचेत हुने सर्तकता अपनाउनु सकेमा संक्रमणबाट तर्सिनु पर्ने अवस्था नरहेको प्रष्ट पार्नु भयो ।

न्यूज २४ टेलीभिजनले संक्रमण फैलिएपछि चिन्ता गर्ने होइन की संक्रम फैलन नदिनका लागि चिन्तन गर्ने परिपाटीको बिकास गर्न कार्यक्रमको आयोजना गरेकाे केन्द्रीय ब्यूरो प्रमुख राजु श्रेष्ठले बताउनु भयो ।

नेपालको प्रमुख प्रवेशद्वार र्शकराचार्य गेटमा वीरगंज महानगरपालिकाले नेपाल भित्रने विदेशि पर्यटक र यात्रुहरुको स्वास्थ्य परिक्षण गर्न हेल्थ डेस्कको स्थापना गरेको छ । वीरगंज महानगरपालिकाले हेल्थ डेस्कमा सेवा दिने ३ जना हेल्थ असिस्टेन्ट परिचालन गरेको छ ।

मकालु हाेटलमा आइतबार भएकाे कार्यक्रममा बीरगंजका राजनीतिक दलका नेताहरु, नागरिक समाजका बिभिन्न सरोकार समुहका प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:4.113 sec. Memory consumption:81.5 mb