Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

नक्कली नागरिकता बनाउने आराेपमा पूर्व गाबिस सचिव पक्राउ

spot_img
spot_img

वीरगंज । नक्कली नागरिकता बनाउने आराेपमा एक जना पूर्व गाबिस सचिव पक्राउ परेका छन् ।

वीरगंज १६ नगवा फुलवारी टाेलबाट आइतबार दउसाे प्रहरीले पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरी निवासी ६० बर्षिय पूर्व गाविस सचिव बिन्दा प्रसाद साहलाई पक्राउ गरेकाे हाे ।

नक्कली नेपाली नागरिकता, जन्म/मूत्यु दर्ता, बसाईसराई, विवाह दर्ता लगायतका बिभिन्न सरकारी कागजातहरु मोटो रकम लिई बनाईदिने गरेको छ भनी विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले उनी बस्दै आएकाे नगवा स्थित घरमा आइतबार दउसाे एक बजे छापा मारेकाे थियाे ।

छापा मारीकाे क्रममा उनी बस्दै आएकाे घरमा नेपाली नागरिकताहरु, नागरिकता बनाउन प्रयोग हुने फोटो टासी तयारी गरेका अनुसुची-१ का फारमहरु, जन्मदर्ता, मुत्यू दर्ता, बिवाह दर्ता, बसाई सराई, जन्म प्रमाणित लगायतका नक्कली कागजात बनाउन प्रयोग हुने विभिन्न अन्य कागजातहरु बरामद भएकाे पछि उनलाई नित्यन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

बरामद भएकाे कागजात सहित उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई आवश्यक अनुसन्धान भइरहेको प्रहरी कार्यालयले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...