30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

इप्रका पाेखरियाद्वारा काेराेना भाइरस सम्बन्धि जनचेतना

वीरगंज । इलाका  प्रहरी कार्यालय पाेखरियाकाे आयाेजनामा पाेखरियामा काराेना भाइरस सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएकाे छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पाेखरिया नगरपालिकाकाे वडा नं. ४ स्थित पाेखरिया बजारमा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियारकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उप मेयर सलमा खातुन, संविधान सभा सदस्य प्रधुमन प्रसाद चौहान, वडाध्यक्ष लक्षमण साह कानु, सशस्त्र प्रहरी बेस क्याम्प पोखरियाका प्रहरी निरिक्षक हरि सिंह लगायत सयाैं सहभागि थिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले काेराेना भाइरसकाे लक्षण र बच्ने उपाय बारे वताउनुकाे साथै पर्चा पम्पलेट र मास्क समेत वाडिएकाे थियाे ।

कार्यक्रममा वाेल्दै सिंहले १००.४ डिग्री भन्दा बढी ज्वरो लागे, स्वास प्रस्वासमा गह्रो, ज्वरो आएको छोटो समयमा निमोनिया हुने, निमोनिया बढदै गएर मृगौलाले काम गर्न नसकने काेराेना भाइरसकाे लक्षण भएकाे सिंहले वताउनु भयाे । उहांले त्यसबाट बाच्न अनिवार्या मास्कको प्रयोग गर्न, कोरोना भाईरस तातो पानीले कमजोर हुने हुदा सकेसम तातो पानी खाने, प्राय सुर्यको किरणमा रहन, खोक्दा वा छिक्दा अन्य व्यक्तिकाे समपर्कबाट टाडा रहन, कसै संग भेटदा वा हात मिलाउदा अंकमाल गर्नु भन्दा नमस्कार गर्न, कोरोना भाईरसको जिवाणु धातुजन्य सतहमा १२ घण्टा सम र कपडा पोसाकमा ६ घण्टा देखी १२ घण्टा सम्म जिबित रहने हुदा हातलाई बारम्बार साबुन पानीले धुन, पशुजन्य मासु तथा अण्डा राम्रो संग पकाएर खान सहभागिहरुलाई आग्रह गर्नु भएकाे थियाे ।

यस्तै इलाका प्रहरी कार्यालय पोखरिया मातहतमा पर्ने पर्साको १० स्थानिय तहकाे १९ ठाउँमा काेराेना भाइरस सम्बन्धि जनचेतना मूलक कार्यक्रम सम्पन्न भएकाे प्रहरी निरिक्षक सिंहले वताउनु भयाे ।

समुदाय प्रहरी साझेदारी कार्याक्रम अन्तर्गत पोखरिया नगरपालीका, बहुदरमाई नगरपालीका, बिन्दवासनी गाउँपालीका कालीकामाई गाउँपालीका, धोबिनी गाउँपालीका, छिपहरमाई गाउँपालिका, पकहा मैनपुर गाउँपालीका, सखुवा प्रसौनी गाउँपालीका, जगरनाथपुर गाउँपालिका र वीरगंज महानगरकाे वडा नं. १९ बिन्दवासिनीमा गरी १९ ठाउँमा काेराेना भाइरस सम्बन्धि जनचेतना मूलक कार्यक्रम सम्पन्न भएकाे सिंहले जानकारी गराउनु भयाे ।

सिंहका अनुसार कार्यक्रमहरुमा कोरोना भाइरस सम्बन्धि पर्चा पम्पलेट वाडनुकाे साथै एक हजार भन्दा बढी मास्क समेत बितरण गरिएकाे हाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:218. Generation time:5.591 sec. Memory consumption:81.52 mb