Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

भोलेन्टियर समूहले बाडे किशाेरीहरुलाई प्याड

spot_img
spot_img

वीरगंज । विभिन्न सेवा मुलक कार्य गर्दै आएका भोलेन्टियर समूह बिरगंजले आज लालपर्साका समृद्धि सृजना किशोरी संबाद समूह र सागर सुनौलो किशोरी संबाद समूहमा २ सय थान सेनेटरी प्याड बितरण गरेका छन । ८ मार्चका दिन मनाउने गरिएको नारी दिवसको अवसर पारेर भोलेन्टियर समुहले सो प्याड बितरण गरेको हो ।

भोलेन्टियर समुहका संयोजक राजन श्रीवास्तवको सभापतित्व र किशोरी समुहका किशोरी प्रीति कुमारी यादवकाे प्रमुख आतिथ्यमा भएकाे प्याड वितरण कार्यक्रम भएकाे थियाे । कार्यक्रममा स्वास्थ्यकर्मी अनिसकान्त कुश्वाहा, दिपक यादवले महिलाहरुको सरसफाइ प्रती दिन आवश्यक रहेको र सेनेटरी प्याडको सहि प्रयोगको बारेमा समेत सहभागी किसोरिहरुलाई जानकारी दिनु भयो ।

कार्यक्रमका बिशिस्ट अतिथी भोलेन्टियर समुहका महासचिव श्याम सरार्फले आफुले रचेको किसोरीहरुलाई लक्षित गरेर एक भोजपुरी गित समेत प्रस्तुत गरेका थिए ।

देशलाई बिकास गर्नका लागि सबै भन्दा पहिला महिला एवं किसोरिहरुको स्वतन्त्रता शिक्षा, स्वास्थ्यको पहुचलाई बिकास गर्नु पर्छ र हर घरमा सिक्षित नारिहरु भए मात्र देशको बिकाश हुन सक्ने भन्ने कुरामा जोड दिदै भोलेन्टियर समुह बिरगंजको तर्फबाट राजन श्रीवास्तवले नारी दिवसको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा किशोरी समुहका तर्फबाट  सहभागी भएका सबै अतिथिहरुलाइ फुलमाला अबिर लगाएर स्वागत गरिएको थियो भने किसोरीहरुबाट कबिता, गितहरु समेत प्रस्तुत गरिएको थियो ।

सेनेटरी प्याड सानोपाइला संस्थाबाट भोलेन्टिय समुहलाई सहयोग प्राप्त भएकोमा नारी दिवसको अवसर पारेर किशोरी समुहका बिच बितरण गरिएको राधेश्याम गुप्ताले जानकारी गराए ।

कार्यक्रमा बिनय गुप्ता, किसन सरार्फ, कमलेश कुश्वाहा, दयाशन्कर सरार्फ, सन्चारकर्मी राम मन्डल लगायतको सहभागीता रहेको थियो भने किशोरी समुहका एनिमेटर सबिता गुप्ता, सुष्मिता गुप्ताले कार्यक्रम संचालन एवं स्वागत मन्तव्य राख्नु भएको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धार्मिक आस्था र परम्परासँग जोडिएको ऋषिपञ्चमी आज मनाइँदै

वीरगंज । नेपाली महिलाहरूले आज अरुन्धतीसहित सप्तऋषिको पूजा–आराधना गरी ऋषिपञ्चमी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा बिहानै उठेर...

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...