23.1 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

अवैध सामान सहित २ जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले अवैध सामान सहित २ जनालाई पक्राउ गरेकाे छ । लागु औषध व्युराे शाखा रजत जयन्ती चाेकले लागु औषध इन्जेक्सन सहित एक जना र अवैध चांदी सहित एक जना गरी दुई जनालाई बुधबार पक्राउ गरेकाे हाे ।

वीरगंज महानगरपालिकाकाे मनियारी निवासी ३१ बर्षिय हिरालाल महताे लागु औषध इन्जेक्सन सहित पक्राउ परेकाे हुन् । वीरगंज १६ रजतजयन्ती चाेकमा चेक जांच गर्ने क्रममा महताेकाे साथबाट लागु औषध इन्जेक्सन डाइजेपाम ९० पिस, फेनारगन ९० पिस, नुर्फिन ९० पिस र निराभेट १० पता फेला परेकाेले नियन्त्रणमा लिइएकाे लागु औषध ब्युराे शाखा रजतजयन्तीका प्रहरी सहायक निरिक्षक पुष्कर केसीले वताए ।

यस्तै वीरगंजकाे गण्डक चाेकबाट अवैध चांदी सहित नुवाकाेट पंगर गाउँका ४४ बर्षिय राजु लामा भनिने टिक राम तमांङ्गलाई पक्राउ गरिएकाे उनले वताए । पक्राउ परेका थिङ्गकाे साथबाट चाँदीकाे बाला एक थान, चाँदीकाे औंठी एक थान बरामद भएकाे प्रहरी सहायक निरिक्षक केसीले वताए ।

पक्राउ परेका दुबै जनालाई अवैध सामान सहित जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाइएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:3.842 sec. Memory consumption:81.5 mb