23.1 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

नर्सिङ क्याम्पसमा ट्राफिक ब्यवस्थापन सम्बन्धी जनचेतना

वीरगंज । ब्यवस्थित वीरगंज अभियान र समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी पर्साको सम्योजनमा आज ट्राफिक ब्यवस्थापन सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।

वीरगंज नर्सिङ क्याम्पसमा भएकाे कार्यक्रममा नुर्सिङका विद्यार्थीलाई दुर्घटनाबाट बच्ने र अरु दुर्घटनामा परेकालाई उद्दार कसरी गर्ने सम्बन्धी जानकारी गराइएको ब्यवस्थित वीरगंज अभियानका संयाेजक दिलिप राज कार्कीले वताए ।

नर्सिङ क्यम्पसका प्रमुख श्रीमती सुर्य कोइरलाको अध्यक्षतामा र पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गङगा पन्तकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा ब्यवस्थित वीरगंज अभियानका संयाेजक कार्की, पर्सा ट्राफिक प्रमुख कमल राज पन्डित लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रोजेक्टर मार्फत दुर्घटनाका कारण र बच्ने उपायका साथै उपचारको बारेमा ट्राफिकका प्रहरी नायब निरिक्षक किरण कार्कीले सहजीकरण गरेका थिए।

कार्यक्रमकी प्रमुख अतिथी प्रहरी उपरीक्षक पन्तले हामी कानुन मानेर कानुनको पालना गरे समाजिक घरेलु र यस्ता ट्राफिक दुर्घटनाबाट सुरक्षीत हुने बताइन । क्याम्पस प्रमुख सुर्या कोईरालाले हामी स्वस्थ्य क्षेत्रको ब्यक्तीलाई ट्राफिक जस्तो सरोकारको चेतना दिनु भएकोमा धन्यवाद व्यक्त गरेकी थिइन ।

कार्यक्रम ब्यवस्थित बिरगंज अभियानका संयाेजक कार्कीको सम्योजनमा भएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:217. Generation time:4.141 sec. Memory consumption:81.5 mb