24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

राष्ट्रिय प्रारम्भिक कार्यक्रमकाे बैठक विभिन्न निर्णय गर्दै सम्पन

वीरगंज । जिल्ला समन्वय समिती पर्साको आयोजनामा आज वीरगंजको भिस्वा होटलमा बसेको राष्ट्रिय प्रारम्भिक पढाई कार्यक्रमकाे बैठकले बिभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन भएको छ ।

जिल्ला शिक्षा विकास समन्वय ईकाई पर्साका संयोजक फतबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम आर्थिक बर्ष २०७२।०७३ बाट शुरु भएको कार्यक्रम सकारात्मक र सफल भएकोले स्थानिय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकार संग निरन्तरता दिन सिफारिश गर्ने, पर्साका १४ वटा पालिकाहरुमा प्रध्यानाध्यापकहरुको नियमित बैठक गर्दै जाने र राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रमका एजेन्डाहरुलाई नियमित रुपमा छलफल गर्ने र यस आर्थिक बर्ष तथा अगामी दिनमा जीटुजी तथा ईजीआरपी मार्फत सम्पन हुने क्रियाकलापहरुलाई तथा त्यसको कार्यन्वयन प्रक्रियाका बारेमा छलफल, अभिमुखिकरण गरी त्यसलाई प्रभावकारी रुपमा सम्पन गर्ने निर्णय गरेकाे राष्ट्रिय पा्ररम्भीक पढाई कार्यक्रमका जिल्ला संयोजक भरत सहनीले बताउनु भयाे ।

बैठकमा शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादव, गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खडका, शिक्षक अभिभावक संघका अध्यक्ष अमर गौतम, र पर्साका १४ वटा स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृत र शिक्षा तथा समाजिक शाखाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेका थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:4.057 sec. Memory consumption:81.45 mb