23.1 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

तस्करी नियन्त्रणमा आए पनि अवैध खसि, बाख्रा नेपाल भित्रदै

वीरगंज । वीरगंजकाे इनार्वा नाका भएर अवैध तरिकाले दिनहु सयाैं खसि, बाख्रा नेपाल भित्रि रहेकाे छ । प्रहरी कै मिलाेमताेमा अवैध खसि, बाख्रा भित्रने गरेकाे स्थानिहरुले वताएका छन् ।

पशु क्वारेन्टाइन कार्यालयकाे विना चेक जांच खसि बाख्रा चाेर बाटाेबाट नेपाल भित्रने गरेकाे प्रत्यक्षदर्शीहरु वताउँछन् । वीरगंज भन्सार स्थित रहेकाे सशसत्र प्रहरी कार्यालय गुल्म र इनार्वा प्रहरी चाैकीकाे मिलाेमताेमा खसी, बाख्रा भित्रने गरेकाे उनीहरु वताउँछन् ।

नेपाल सरकारकाे नियम अनुसार पशु क्वारेन्टाइनकाे विना चेक चाँच कुनै पनि पशुु चाैपाया अन्य मूलकबाट आफ्नाे मूलकमा ल्याउन पाइदैन् । तर विना चेक जाँच र विना भन्सारकाे दिनहु भित्रनुले प्रहरीकाे मिलाेमताे रहेकाे प्रमाणित गर्दछ ।

अवैध तरिकाले खसी, बाख्रा भारत भित्र्याउन बालबालिका प्रयाेग हुने गरेकाे छ । प्रत्यक्षदर्शीहरुका अनुसार २/३ जना बालबालिकाकाे समुहले एक पटकमा ४/५ वटा गरी एक दिनमा दर्जन पटक भन्दा बढी खसि, बाख्रा नेपाल भित्र्याउने गरेकाे देखिन्छ ।

नेपाल सरकारले यस्ता क्रियाकलाप प्रतिबन्धमा कडाई गरे पनि सिमा नाकामा खटेकाे प्रहरीले पैसाकाे लाेभमा गराउने गरेकाे वताइन्छ । पर्सा प्रहरी प्रमुखमा प्रहरी उपरिक्षक गंगा पन्त आए देखी अन्य थाेककाे तस्करी नियन्त्रणमा आए पनि खसि, बाख्राकाे तस्करी रुकन सकेकाे छैन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:3.888 sec. Memory consumption:81.49 mb