वीरगंज । ईलाका प्रहरी कार्यालय पोखरीयाले सार्वजिन बसबाट ३५ हजार मूल्य बराबरको अबैध सरसमान बरामद गरेकाे छ । वीरगंज लंगडी सडक खण्डमा चल्ने ना.३ ख. ८४२१ नम्बरको बसबाट साे मूल्य बराबरकाे अवैध सामान बरामद गरेकाे हाे ।
भारतबाट भंसार छली ल्याएकाे सामान पोखरीया नगरपालिकाकाे वडा नं. ९ स्थित मुल सडकबाट चेकजाच गर्ने क्रममा फेला परे पछि नियन्त्रणमा लिइएकाे इप्रका पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताउनुभयाे ।
बसबाट फलामको बसको पटा ३ थान र गाडी रंगने पेन्ट २७ बोतल पक्राउ गरिएकाे प्रहरी निरिक्षक सिंहले बताउनु भयाे ।
प्रतिक्रिया लेख्नुहोस