36 C
Birgunj
8 April 2025
KALIKATIMES.COM

माेटरसाइकल चाेरीकाे घटनामा वृद्धि, प्रहरीलाई टाउकाे दु:खाई

वीरगंज । वीरगंजमा माेटरसाइकलक चाेरीकाे घटनामा वृद्धि भएकाे छ । दिनहु वीरगंज बजार क्षेत्रबाट नै माेटसाइकल चाेरी भइरहे पिडितहरुले वताएका छन् ।

माेटरसाइकल चाेरीकाे घटनामा कमि नआउनु पर्सा प्रहरीकाे लागि टाउकाे दु:खाई भएकाे प्रहरी स्राेत वताउन्छन् । तर यता केहीले प्रहरी कै सलंगन्तामा माेटसाइकल चाेरी हुने गरेकाे आराेप समेत लगाउने गरेका छन्  । दिनहु जसाे माेटरसाइकल चाेरी हुनु र प्रहरी मुखदर्शक हुनुले प्रहरी कै सलंग्नता हुने गरेकाे अशंका उत्पन्न गरेकाे स्थानियकाे भनाई छ ।

विशेष गरेर न्याँ पल्सर, एफजेड, एपाची र साइन माेटरसाइकल चाेरी हुने गरेकाे पिडितहरु वताउँछन्  । दिउसै र सांझ मिनेट मै माेटसाइकल चाेरी हुनुले माेटरसाइकल चाेरकाे विगविगी रहेकाे बुझिन्छ । माेटरसाइकल चाेरी भए लगतै प्रहरीलाई खबर गर्दा पनि केही गर्न नसकेकाे पिडितहरुकाे गुनासाे छ ।

यसै विच शुक्रबार दिउसाे नै वीरगंज महाविरस्थानबाट पुन: एउटा नयाँ माेटरसाइकल चाेरी भएकाे छ । हिमालय बैंक अगाडीबाट राती ८:३० बजे वन टेस्ट पल्सर माेटसाइकल चाेरी भएकाे पिडितले वताएका छन् । प्रदेश २-०३-००७ पिए ६९१५ नम्बरकाे पकहा मैनपुर गाउँपालिका वडा नं. ५ सबैठवाका रविकान्त कुमार चौरसियाकाे कालो र राताे रंगकाे २ सय २० सिसिकाे नयाँ पल्सर माेटरसाइकल चाेरी भएकाे हाे ।

एक/दुई मिनेट मै माेटरसाइकल चाेरी भए लगतै प्रहरीलाई खबर गर्दा पनि प्रहरीले केही गर्न नसकेकाे पिडित चौरसियाले गुनासाे गरे । केही दिन पहिला मात्र चाैरसिया नयाँ माेटरसाइकल खरिद गरेका थिए भने चाेरी भएकाे साे माेटरसाइकलमा नम्बर समेत लेखाउन नसकेकाे अवस्था मै चाेरी भएकाे उनले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:7.260 sec. Memory consumption:82.5 mb