Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

खण्डेवाल परिवार विवाद : सुनिलमाथी आफ्नै आमालाई ज्यान मार्न खाेजेकाे आराेप

spot_img
spot_img

वीरगन्ज । आफ्नै तीन दाजुभाईको यातना खेप्दै आएका वीरगन्ज महानगरपालिका – १० आदर्शनगर निवासी सुनिल खण्डेलवालमाथि आफ्नै आमालाई ज्यान मार्न खोजेको गम्भिर आरोप लगाएर षडयन्त्र गर्न थालिएको छ ।

तीन दाजुभाई पशुपति खण्डेलवाल, राजेश खण्डेलवाल तथा सचिन खण्डेलवालले आमाको नामबाट सुनिलमाथि ज्यान मार्न खोजेको भनेर जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन लगाएका छन् । सुनिलमाथि यही फागुन १३ गते मंगलबारको दिन उनकी आमा विमला देवी खण्डेलवालले आफूलाई मार्नका निम्ति पेट्रोल छर्केको आरोप लगाउँदै ९८२ नं. मा निवेदन दर्ता भएको हो ।

सुनिलमाथि उनकी आमाले दिएको निवेदनमा ३ शिर्षकमा आरोप लगाइएको छ । पहिलो शिर्षकमा सुनिल संगोलको अंशियार नरहेको, दोश्रो शिर्षकमा यही फागुन १२ गते साँझ भएको विवादको क्रममा सुनिलले आफूमाथि पेट्रोल छर्केर ज्यान मार्न खोजेको र तेश्रो शिर्षकमा सुनिल र उनकी श्रीमती दुबैजनाले आफ्नै शरिरमा पेट्रोल हालेर आत्महत्या गरि सम्पूर्ण परिवारलाई फसाउन खोजेको भनेर उल्लेख गरिएको छ ।

सुनिलमाथि उनकी आमाले निवेदन दिएको भनिएतापनि आमालाई तीन दाजुभाईले प्रयोग गरेको बताएका छन् । तीन दाजुभाईले आमाको नामबाट आफैले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको बताए ।

सुनिलकी आमाले दिएको निवेदनलाई फर्छयौट गर्नका लागि जिल्ला प्रहरी कार्यालयले आदर्शनगर स्थित एस.टि.एफ. प्रहरीलाई जिम्मा लगाएको थियो तर आफूमाथि गम्भिर आरोप लागेको डरले सुनिल फर्छयौट गर्नका निम्ति एस.टि.एफ. प्रहरी चौकीमा पुग्दा पनि उजुरीकर्ता पक्ष उपस्थित नभएको कारण उनको विरुद्धको निवेदनमाथि छलफल हुन सकेन ।

उनी पटक पटक एस.टि.एफ. प्रहरी चौकी धाउँदा उजुरीकर्ता पक्ष अर्थात आमा उपस्थित हुन नसकेपछि उनी जिल्ला प्रहरी कार्यालय गए तर कसैले उनको गुनासो सुनेन । बरु पर्साका प्रहरी नायब उपरीक्षक विरेन्द्र बहादुर शाहीले तिमीहरुको आपसी विवाद हो, लडाई गर, झगडा गर हामीलाई के छ, हामी पोष्टमार्टम गरिदिन्छौं, मुचुल्का उठाई दिन्छौं, छ भने इन्स्योरेन्सको लागि पत्र लेखिदिन्छौं भनेर गैर जिम्मेवारीपूर्ण तरिकाले जवाफ दिएको सुनिलले बताए ।

जिल्ला अदालत पर्सामा अँश मुद्दा विचाराधीन रहेको अवस्थामा तिनै दाजुभाईबाट मानसिक तथा शारिरिक यातना खेप्दै आएका सुनिल अहिले दाजुभाईको आतँकबाट झन पीडित बनेका छन् । तिनैजना दाजुभाई मिली विगत १ वर्ष देखि शारिरिक तथा मानसिक यातना दिदै आएको सुनिलको आरोप छ ।

तिनै दाजुभाई मिली सुनिललाई कुटपिट गर्नुका साथै घरमा ताल्चा लगाएर सुनिललाई परिवार सहित घर बाहिर बस्न बाध्य गर्नु, घरको बीचै भागमा पर्खाल खडा गर्नु, शौचालयमा ताल्चा लगाउनु, कुटपिट गर्नु, किचिनमा पस्न नदिनु जस्ता क्रियाकलापहरु गर्र्दै आएका छन् ।

तिनै दाजुभाई विगत पाँच महिनादेखि त्यो घर छाडी शालिमार होम्समा फ्लेट किनेर बसिरहेका छन् । आफनो कब्जा गरी राखेको व्यापारको कार्यालय पनी अन्यत्र सारेका छन । सुनिल मात्र आफनो परिवारसँग त्यस घरमा बस्दै आएका कारण विवाद केही दिन शान्त रहेपनि अचानक शनिबारदेखि पुनः यो विवाद सुरु भएको छ ।

सुनिलले एक्लै घरमा कब्जा गरेर बसेको भन्दै तीनै जना दाजुभाईले आइतबार घरको झ्याल फुटाएर घरमा प्रवेश गर्न खोज्दा विवाद उत्पन्न भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...