23.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

रक्तदान, नि:शुल्क स्वास्थ्य शिबिर र सम्मान कार्यक्रम सम्पन्न

वीरगंज । समाज परिवर्तन नेपाल संस्थाकाे आयाेजनामा आज रक्तदान, नि:शुल्क स्वास्थ्य शिबिर र समाजमा रहेका एकल महिलालाई सम्मान कार्यक्रम गरेकाे छ l

वीरगंज माहानगरपालिका वडा नं. २३ परसौनीमा भएको कार्यक्रममा ७६ जनाले रक्तदान गरेकाे आयाेजक संस्थाका अध्यक्ष अखलेश साहले वताए । रोसन सरार्फ, राहुल साह, राकेश साह, लाबाबू यादव, सुनिल साह, शम्भु साह, राजेश यादव, अमित यादव, भाेला पटेल, रुपेश यादव, रितेश पटेल लगायतकाले रक्तदान गरेकाे उनले जानकारी गराए ।

नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रममा २ सय ५० जनाले स्वास्थ्य परिक्षण गराएकाे र नि:शुल्क औषधि समेत बितरण गरिएको संस्थाका राहुल साहले वताए l स्वास्थ्य परिक्षण गराउनेमा अधिकांस महिलाहरु रहेको उनले वताए l

यसै गरी कार्यक्रममा ९ जाना एकल महिलालाई लता कपड़ा दिएर सामान समेत गरिएको थियाे l संस्थाका अध्यक्ष साहले भिखइनिया हाजरा, राधिका दस, सुसीला देबी, गायत्री देबी, नेमा पसवांग, कलावती देबी गीत देबी, उसा देबी, कुहद्री देबीलाई लता, कपड़ा दिएर सामान गरिएको बताए l

संस्थाका अध्यक्ष साहको अध्यक्षता भएको कार्यक्रममा नेकपाको प्रदेश कमिटी सदस्य तेजप्रकास निषाद, बालगोपाल थापा, जिल्ला सदस्य सम्भु गुप्ता, तादुजिन अंसारी, मनेजर साह, लालबाबू यादव, पत्रकार राकेश साह, रंजित चौरसिया, उमेश कुशवाहा, बीरगंज महानागपालिका वडा न:-२३ का वडाध्यक्ष अवद्धकिशाेर कुशवाहा लगाएतको सहभागिता रहेको थियो l

कार्यक्रमको समापन नेकपाको केन्द्रीय सदस्य एवम् बीरगंज महानगर इंचार्ज दिनेश राय र संस्थाको अध्यक्ष साहले संयुक्त रुपमा गरेका थिए l

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स
SQL requests:215. Generation time:3.211 sec. Memory consumption:81.49 mb