23.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

सांसद यादव र मेयर सरावगीद्वारा शहिदका सालिक शिलान्यास

वीरगंज । २०७२ सालको मधेश आन्दोलनमा शहिद भएका वीरहरुको सम्झनामा सांसद प्रदिप यादवद्वारा वीरगंजको घण्टाघरस्थित रहेको मधेशी सहिद पार्कमा सहिदको सालिक बन्ने भएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी अन्तर्गत पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवको संसदीय कोषबाट रु २० लाख र वीरगंज महानगरपालिकाकाको तर्फबाट रु २० लाख गरी रु ४० लाखको संयूक्त लागतमा सहिद शालिक निर्माण हुन गईरहेको छ ।

समाजवादी पार्टीका संघीय सांसद प्रदिप यादव र वीरगंज महानगरपालिकाका मेयर बिजय कुमारी सरावगीले आज (शुक्रबार) एक कार्यक्रमका बिच मधेशी सहिद पार्कस्थित विधिवत तरिकाले पूजापाठ गरी सहिद सालिक निर्माण स्थलको सिलन्यास गरेको हुन ।

सिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद प्रदिप यादवले सदियौदेखी बिभेदमा परेका मेधशी, दलित, मुस्तिलम लगायत उत्पीडित समुदायको अधिकारको लागी वीर सहिदले दिएको बलिदानी मधेशको धर्तीमा सधै अमर रहेकोको बताए ।

‘‘राज्यको निकायमा मधेशीले पाएजतिको अधिकार पनि वीरहरुकै रक्त र बलिदानीको भएको बताउँदै बीर सहिदलाई मधेशको धर्तीमा सम्मान र सम्झनामा सहिद शालिक निर्माण गर्न लागिएको हो ।

उनले भने “मधेश अन्दोलनमा बीर सहिदले दिएको बलिदानी र आन्दोलनको मर्म अनुसार नै अहिले देशमा संघीयता आएको हो,‘ संघीयता, जनाधिकार र लोकतन्त्रको लागी सबैभन्दा बढि संघष गर्ने ठाउँ वीरगंज नै भएकोले पहिलो पटक वीरगंजमा सहिद सालिक निर्माण गरिने कार्यको शुभारम्भ गरिएको छ ।

अहिले पनि मधेशको सबै मुद्दा सम्बोधन नभएको बताउँदै उनले पटक पटक राज्यले मधेशको अधिकारप्रति बेइमानी गरेको आरोप लगाए ।

मधेश अधिकारको लागी संयौं युवाले बलिदानी दिए तर काठमान्डौंको चस्मा लगाएर हेर्ने एकल जातीका केही नेताले मधेशको मुद्दा समाधान नगरी सधै मधेशलाई गुलाम बनाएर राख्ने सोचको रहेको उनको भनाई छ ।

सिलन्यास कार्यक्रममा वीरगंज महानगरपालिका मेयर बिजय कुमार सरावगी, जिल्ला समन्वय समितिका सभापति नेक महम्मद अंसारी, वीरगंज महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष मनोज कलावार, वडा नं. १२ का वडाध्यक्ष रामदरस कुश्वाहा,वडा नं. १३ का वडा अध्यक्ष तुफान फारुक अंसारी, समाजवादी वीरगंज महनगर कमिटि अध्यक्ष, इश्वरचन्द्र यादव, युवा नेता कुन्दन सिंह , गौरव वर्मा ,समाजवादी विधार्थी युनियन का जिल्ला अध्यक्ष एजाज़ बाबु रांकी, ठाकुर राम क्याम्पस का एकाई अध्यक्ष हरिन्द्र साह ,मुकेश दुवेदी लगायत संयौ युवा, समाजसेवी तथा बृद्धिजिवीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स
SQL requests:215. Generation time:3.671 sec. Memory consumption:81.49 mb