24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

लागु औषध सहित युवक पक्राउ

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं.०५ प्रसौनी भाठाबाट बुधबार साझ सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट अमरपट्टीले लागू औषध सहित एक यूवकलाई पक्राउ गरेको छ।

प्रहरी नायब निरीक्षक अधिर कुमार झा नेतृत्वको सशस्त्र प्रहरी गस्ती टाेलीले चेकजाँच गर्ने क्रममा पर्साकाे जिराभवानी गाउँपालिका वडा न:-३ जितपुर बस्ने २६ बर्षिय अनिल राउत थारुलाई पक्राउ गरेकाे हाे । ना ११ प २६३७ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा लागू औषध भेटिए पछि माेटरसाइकल सहित थारुलाई नियन्त्रणमा लिइएकाे शसस्त्र प्रहरी अमरपट्टीका प्रहरी निरीक्षक अरुण बिक्रम बस्नेतले वताए ।

पक्राउ परेका थारुकाे साथबाट नोफिन ६ यस थान, डाइजेल्यब एक सय थान, पेनारगन ५ सय ९८ थान, डाइजोपाम ४ सय १९ थान र नाइट्रोभेट ३१ थान बरामद भएकाे प्रहरी निरीक्षक बस्नेतले जानकारी गराए ।

पक्राउ परेका थारुलाई लागु औषध र माेटरसाइकल सहित ईलाका प्रहरी कार्यालय पोखरीयालाई बुझाईएको उनले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.496 sec. Memory consumption:81.46 mb