Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पर्साकाे सबै स्थानिय तहमा क्षमता विकास कार्यशाला सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्सामा संचालित स्थानिय तहका जनप्रतिनिधि तथा शिक्षा सम्बद्ध पदाधिकारीहरुकाे लागि ३ दिने क्षमता विकाश कार्यशाला सम्पन्न भएकाे छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत संचालित कार्यशाला आज पर्साकाे १४ वटै स्थानिय तहमा सम्पन्न भएकाे प्रशिक्षक विजय कुमार साहले वताए ।

अमेरिकी अन्तराष्ट्रिय विकास नियाेगकाे सहयाेग र सम्बन्धित स्थानिय तहकाे आयाेजनामा संचालित कार्यशाला सम्पन्न भएकाे साहले जानकारी गराए ।

कार्यशालामा स्थानिय तहहरुकाे सामुदायिक विद्यालयहरुका प्रधानाध्यापक र प्रारम्भिक कक्षा शिक्षक, उप समिति सदस्य, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, अभिभाव संघका अध्यक्ष र वडाध्य लगायतकाे सहभागिता हुने गरेकाे थियाे ।

कार्यशालामा प्रारम्भिक पढाई कक्षाका उपलब्धिहरु, सुधार्नु पर्ने पक्ष एवं शैक्षिक सामग्रीहरुकाे प्रयाेग र कक्षा संचालन विधि बारे जानकारी गराउने गरिएकाे प्रशिक्षक साहले वताए ।

यसै बिच आज धाेबिनी गाउँपालिमा आयाेजित क्षमता विकास कार्यशाला सम्पन्न भएकाे छ ।  लंगडी स्थित रहेकाे भानु पुस्तकालयमा भएकाे कार्यशालामा प्रशिक्ष साह र गाउँपालिका शिक्षा शाखा प्रमुख जितेन्द्र चाैहान लगायतकाले प्रशिक्षण दिएका थिए ।

वडा नं. ४ का वडाध्यक्ष मजिद मियाकाे अध्यक्षता र गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यशाला समापन कार्यक्रममा निमित प्रमुख प्रशासकिय अधिकृत भरत चाैधरी, वडाध्यक्ष ललन प्रसाद कुर्मी, नन्दलाल प्रसाद कुर्मी, राजकिशाेर कुर्मी, मनौअर अहमद लगायतकालेे मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...