23.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

यातायात कार्यालय वीरगंजमा अख्तियारकाे छापा

वीरगंज । यातायात व्यवस्था कार्यालय वीरगंज सवारी शाखामा बुधबार अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे कार्यालय हेटाैडाकाे टाेलीले छापा हानेकाे छ ।

यातायातकाे सवारी फाँटमा अख्तियारकाे टाेलीलेे छापा हान्दै विभिन्न कागजपत्र चेकजाँच गर्नुकाे साथै कार्यालय प्रमुख विपिन कर्णसंग साेध पुछ गरेकाे हाे । प्रहरी निरिक्षकाे नेतृत्वमा ३ जना सहभागि रहेकाे अख्तियारकाे टाेलीले ३ घण्टा सम्म विभिन्न कागजपत्र देख्नुकाे साथै कार्यालय प्रमुख कर्ण संग साेधपुछ गरी फर्केका हुन् ।

अख्तियारमा यातायात कार्यालय विरुद्ध उजरी परे पछि अनुसन्धानकाे लागि टाेली पुगेकाे अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे कार्यालय हेटाैडाका प्रवक्ता शिवराज रेग्मीले वताए । उनले भने “अख्तियारमा उजरी परेकाे थियाे, साेही सम्बन्धमा अनुसन्धानकाे लागि टाेली पुगेकाे हाे । अहिले अख्तियार पारम्भिक अनुसन्धानकाे क्रममा रहेकाले केही भन्न नमिल्ने उनले वताए ।

सवारी नामसारीकाे लागि अनियमितता भएकाे केही संचार माध्यममा समाचार आए पछि र अख्तियारमा उजरी परेपछि अख्तियारकाे टाेली अनुसन्धानकाे लागि यातायात कार्यालय वीरगंज पुगेकाे थियाे । समाचार स्राेतका अनुसार विभिन्न माेटरसाइकल एजेन्सी मार्फत विक्री भएकाे सवारीकाे नामसारी एजेन्सीका दलालहरु मार्फत सवारीधनीहरुकाे विना उपस्थितीमा नामसारी गरी माेटाे रकम असुलीकाे समाचार बाहिर आएपछि अख्तियारले छानविन थालेकाे हाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स
SQL requests:215. Generation time:3.428 sec. Memory consumption:81.49 mb