Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

खण्डेवाल परिवारकाे विवाद झन चक्रदै

spot_img
spot_img

वीरगन्ज । वीरगन्ज महानगरपालिका – १० आदर्शनगर निवासी सुनिल खण्डेलवालमाथिको तीन दाजुभाईको यातना दिन प्रतिदिन बढ्दै गएको छ । दाजुभाई पशुपति खण्डेलवाल, राजेश खण्डेलवाल तथा सचिन खण्डेलवालबाट पीडित सुनिल दाजुभाईको पीडा सहन नसक्ने अवस्थामा पुगेका छन् ।

तिनै जना दाजुभाईले घर अगाडि राति अबेरसम्म धर्ना दिएर बसेका कारण आफू घरमा प्रवेश गर्न नसकेको पीडित सुनिल खण्डेलवालको आरोप छ । जिल्ला अदालत पर्सामा अँश मुद्दा विचाराधीन रहेको अवस्थामा तिनै दाजुभाईबाट मानसिक तथा शारिरिक यातना खेप्दै आएका सुनिल अहिले दाजुभाईको आतँकबाट झन पीडित बनेका छन् ।

तिनैजना दाजुभाई मिली विगत १ वर्ष देखि शारिरिक तथा मानसिक यातना दिदै आएको सुनिलको आरोप छ । तिनै दाजुभाई मिली सुनिललाई कुटपिट गर्नुका साथै घरमा ताल्चा लगाएर सुनिललाई परिवार सहित घर बाहिर बस्न बाध्य गर्नु, घरको बीचै भागमा पर्खाल खडा गर्नु, शौचालयमा ताल्चा लगाउनु, कुटपिट गर्नु, किचिनमा पस्न नदिनु जस्ता क्रियाकलापहरु गर्दै आएका छन् । तिनै दाजुभाई विगत पाँच महिनादेखि त्यो घर छाडी शालिमार होम्समा फ्लेट किनेर बसिरहेका छन् ।

आफनो कब्जा गरी राखेको व्यापारको कार्यालय पनी अन्यत्र सारेका छन । सुनिल मात्र आफनो परिवारसँग त्यस घरमा बस्दै आएका कारण विवाद केही दिन शान्त रहेपनि अचानक शनिबारदेखि पुनः यो विवाद सुरु भएको छ । सुनिलले एक्लै घरमा कब्जा गरेर बसेको भन्दै तीनै जना दाजुभाईले आइतबार घरको झ्याल फुटाएर घरमा प्रवेश गर्न खोज्दा विवाद उत्पन्न भएको थियो ।

विवाद उत्पन्न भएपछि तत्काल घटना स्थल पुगेको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी टोलीले दुबै पक्षलाई वडा प्रहरी कार्यालय वीर्तामा उपस्थिति गराई अबदेखि दुबै पक्षबीच झैझगडा नगर्ने भनेर लिखित सहमति भएको थियो र घरमा कुनै पक्षले ताल्चा लगाएको छ भने आफ्नो सम्पत्ति भएको कारण फोडेर पनि घरमा प्रवेश गर्न सक्ने भएकोले तीन दाजुभाई मिली झ्याल फुटाई घरभित्र प्रवेश गरेका थिए ।

यति हुँदाहुँदै सोमबार पुनः विवाद उत्पन्न भयो । तीन दाजुभाईका कामदारहरु घरको कोठाहरुमा लगाइएको ताल्चालाई अन्धाधुन्ध फोड्न खोज्दा आफूमाथि दुव्र्यवहार हुन सक्ने भन्दै सुनिलका श्रीमतीले त्यहाँ राखिएको पेट्रोललाई खन्याई दिएपछि प्रहरीले उनीलाई वडा प्रहरीमा लगेको थियो ।

केही बेरको छलफल पश्चात सुनिलकी श्रीमतीलाई प्रहरीले आफ्नो घर जान भनेपछि घरमा आउँदा तिनै दाजुभाईका कामदाहरुले घर अगाडि धर्नामा बसेको कारण आफूहरु घरभित्र प्रवेश गर्न नसकेर बाहिरै बसेको सुनिलले आरोप लगाए ।

तर सुनिलका तीन दाजुभाई मध्ये सचिन खण्डेलवालले भने घरलाई सुनिलले कब्जा गरेर राखेको कारण आफूहरु प्रवेश गर्न नसकेको बताए । तर पशुपति, राजेश तथा सचिन खण्डेलवाल तीन दाजुभाई घर छाडेर विगत पाँच महिनादेखि नै शालिमार होम्समा बस्दै आएका छन् ।

तीन दाजुभाईलाई पर्सा जिल्ला अदालतबाट बिगतमा सुनिल माथि कुटपिट अंगभंग गरेको अभियोगमा पक्राउ पुर्जी पनि जारी भएको र तारेखमा जमानतको कागजात लिएर प्रहरी प्रशासनबाट उम्कि रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...