Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

समाजबादी पार्टी छिपहरमाईकाे संगठन बिस्तार एवं सुदृढीकरण सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ३ जयमंगलापुरमा आज समाजबादी पार्टी छिपहरमाई गाउँपालिकाको संगठन बिस्तार एवं सुदृढीकरण अभियान सम्पन्न भएको छ ।

अभियान अन्तर्गत भएकाे कार्यक्रममा इन्द्रासन साह कलवारको अध्यक्षतामा ३१ सदस्यीय गाउँ समिति घाेषणा गरिएकाे छ । जुन समितिकाे उपाध्यक्ष गणेश प्रसाद यादव, सदेशन साह कानु, सचिव अर्जुन तिवारी, सह सचिव प्रभु प्रसाद कुर्मी, काेषाध्यक्ष विनाेद महताे केंवट, सदस्य दिनेश साह कानु, सुमित कुमार, मृगेन्द्र कुमार, मुस्ताज आलम, सुखेन साह कानु लगायतका रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश न.२ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले नव गठित समितिलाई शुभकामना दिदै एक नम्बरको पार्टी बनाउनेतर्फ जोड दिए । प्रदेशमा बिकास, सुशासन, ऎन कानुनमा सरकार लागि परेको जिकिर गरे ।

उनले नेपालको सात प्रदेश मध्य प्रदेश २ छोरी शिक्षा बिमा, युवा रोजगारीमा बितिय सहयोग, सरसफाइ, छोरीलाई साइकल वितरण, कानुन निर्माणमा अगाडि रहेको र संघीय सरकारबाट असहयोग भएको बताए ।

राजपा नेपाल र समाजबादी पार्टी जति छिटो एकता गरि देशमा बैकल्पिक शक्ति निर्माण गरि संविधान संसोधनका लागि सडक र सदनमा संघर्ष गरि दलित, जनजाती, मुस्लिम, महिला र पिछडा बर्गको हित, सम्मान, पहिचानको लागि हरपल अगाडि रहने उनकाे भनाई थियाे ।

कार्यक्रममा प्रदेश सांसद सिंहासन साह कालवार, समाजवादी पार्टीका केन्द्रिय सदस्य बिरेन्द्र यादव, प्रदेश सदस्य दिपक यादव, समजबादी पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादव, बरिस्ठ नेता सुन्दर कुर्मी, उपाध्यक्ष मस्तकिम अन्सारी, सचीव तबरेज अहमद, जिल्ला सदस्य पनालाल साह तेलि र युवा प्रदेश सदस्य शिव कुमार साह लगायत नेता कार्यकर्ताकाे सहभागित रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...