Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

पोखरीयामा श्री चण्डी महायज्ञ सुरु, नगर प्रमुख राैनियारले गरे उद्घाटन

spot_img
spot_img

वीरगंज । पर्साको पोखरीया नगरपालिका वडा नम्बर ६ श्रीसियामा चैत्र १२ गते देखी शुरु हुने ९ दिने श्री चण्डी महायज्ञको आज एक कार्यक्रमका बिच नगरप्रमुख दिपनारायण रौनियारले झण्डा रोहन गरी उद्घाटन गर्नु भएको छ ।

वडा नं. ६ का वडाध्यक्ष सियानन्द चौहानको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष लक्ष्मण साह, नेपाली कांग्रेसका युवा नेता श्रीकिसुन चौहान लगायत श्रीसियावासीहरुको सहभागीता रहेको थियो ।

बाजागाजा, ढोलतासा, झण्डा र लठीफाठा सहित निस्केको जुलुस गाउँ परिक्रमा गरी श्रीसिया गाउँको कालिकामाई मंन्दिरमा पुगेपछि पोखरीया नगरपालिकाका प्रमुख दिपनारायण रौनियारले झण्डा गाडी शुभारम्भ गरेका थिए ।

आज देखी श्रीसिया गाउँवासी माछा, मासु नखाने र गाउँमै मांसहारी खाना नबन्ने स्थानिय भगवान दास तात्वाले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...