Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

१७ महिला सहित ८९ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । जिएचपी माध्यमिक विद्यालय वीरगंजले आज आयाेजनाकाे गरेकाे रक्तदान कार्यक्रममा १७ महिला सहित ८९ जनाले रक्तदान गरेका छन् ।

वीरगंज श्रीपुर स्थित विद्यालय प्राङ्गणमा भएकाे कार्यक्रममा नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, प्रहरी निरिक्षक ओमप्रकाश यादव, विद्यालयका प्रिन्सपल  जयकसिन, लेखापाल निकिता मिश्रा, निलम साह, मिरा देवकाेटा, सुभाष साह, संदिप मरासैनी, राेशन साह, जग सिंह, निर देवकाेटा लगायतकाले रक्तदान गरेका हुन् ।

रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेमा भएकाे कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, वीरगंज उद्याेग वाणिज्यिय संघका अध्यक्ष गाेपाल केडिया, वडाध्यक्ष तुफान अन्सारी, जेष्ठ नागरिक पशुपति बिक्रम साह लगायतकाे बिशेष उपस्थिती रहेकाे थियाे ।

रक्तदान कार्यक्रम विद्यालयकी लेखापाल निकिता मिश्रा, शिक्षक राेशन साह र संदिप मरासैनीकाे सक्रियतामा भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...