39 C
Birgunj
5 April 2025
KALIKATIMES.COM

शिवरात्रीकाे अवसरमा भेडा कुस्ती प्रतियोगिता

पर्सा । महाशिवरात्रीको अवसरमा शुक्रबार पर्साको छिपहरमाई गाउँपालिका वार्ड नं १ मिर्जापुरमा भेडाको कुस्ती प्रतियोगिता सम्पन्न भएको छ ।

विगत १० बर्ष देखी शिवरात्रीकाे दिन हुदै आएकाे भेडाकाे कुस्ती प्रतियोगीता यस बर्ष पनि भएकाे हाे । शिवमन्दिरमा भएकाे प्रतियाेगितकाे उद्घाटन समाजवादी पार्टीका स्थानिय नेता ईगरासन साह कलवारले गरेका थिए ।

प्रतियाेगितामा नेपाल र भारतका ५० जाेडी भेडाहरु भाग लिएकाे भेडा कुस्ती प्रतियाेगिताका संयाेजक प्रेम प्रसाद यादवले वताए । नेपालकाे बिश्रामपुर, मिर्जापुर, झलमहिया, भलुवहिया र भारतको धनकुटवा, बेतिया, मझवलिया लगायतका स्थानबाट आएका भेडाहरु सहभागि भएकाे उनले वताए ।

प्रतियोगितामा जित्ने भेडा साहुहरु लाई रु ५ हजार देखि रु १० हजार सम्म नगद पुरस्कार समेत प्रदान गरिएकाे थियाे । प्रतियाेगितामा रामपुकार यादव, हरेन्द्र पासवन, हिमाञ्चल कुशवाहा, हिरालाल यादव, जितेन्द्र यादव लगायतकाे बिशेष उपस्थिति रहेको थियोे ।

शिवरात्रीकाे अवसरमा मेला समेत लागेकाे थियाे भने मेलाकाे अवलाेकन ५ देखी ६ हजार सम्मकाे दर्शकले गरेकाे अनुमान गरिएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजमा युवा संघकाे विराेध र्‍याली

कालिका टाईम्स

अभिभावक संघकाे कार्यक्रममा ४ महिला सहित ७७ जानाद्वारा रक्तदान

कालिका टाईम्स

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

कालिका टाईम्स
SQL requests:215. Generation time:4.398 sec. Memory consumption:82.48 mb