30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

मोटरसाइकलको सिट भित्र गाँजा सहित मानिस पक्राउ

वीरगञ्ज । पर्साको अमरपट्टीबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–५ भौराटार बस्ने २६ वर्षीय मन्सी महतो साढे ५ किलो गाँजासहित पक्राउ परेका हुन् ।

प्रहरी चौकी अमरपट्टीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनलाई विन्दवासीनी गाउँपालिका–४ अमरपट्टीबाट नियन्त्रणमा लिएको हो ।

ना.३ प ९६३ नम्बरको मोटरसाइकलको सिट कभरभित्र गाँजा राखेर भारततर्फ लैजान लागेको अवस्थामा उनी पक्राउ परेको प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए । ‘ओरिजिनल सिट हटाएर उनले गाँजाकै सिट बनाएका रहेछन् । नर्मल सिटजस्तै बनाएर बाहिर सिट कभर लगाएका रहेछन्,’ प्रहरी निरीक्षक सिंहले भने, ‘चेकजाँचको क्रममा त गाँजा पो भेटियो ।’

महतोलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.068 sec. Memory consumption:81.49 mb