Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

आयोजक पर्सागढी पर्सा गोल्डकपको फाइनलमा प्रबेश

spot_img
spot_img

वीरगंज । वीरगंज युथ एकेडेमीलाई हराउदै आयोजक पर्सागढी युवा स्पोर्टस क्लब पर्साको बढनिहारमा जारी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा आज भएको खेलमा बीरगंजलाई १ का बिरुद्ध २ गोल गर्दै आयोजक फाइनलमा प्रबेश गरेको हो ।

निकै रोमाञ्चक देखीएको खेलको सुरुवाती २० औं मिनेटमा पर्सागढीका सुसान्त चौधरीले पहिलो गोल गरे । खेलको ४७ औ मिनेटमा पर्सागढीका सुरज घिमिरेको अर्को गोल थपेर टिमलाई २ गोलको अग्रता दिलाए । बीरगंजका तर्फबाट खेलको ५७ औ मिनेटमा आदित्य शाक्यले १ गोल गरेपनि जितका लागी प्रयाप्त भएन ।

पटक पटकको अवसरलाई सदुपयोग गर्न नसक्दा बीरगंज पराजित हुन पुग्यो । खेलको म्यान अफ द म्याच पर्सागढीका प्रशान्त भुजेल भए । उनलाई पुर्व खेलाडी समेत रहेका आधारभुत बिद्यालय बागवानामा प्रअ जोगेन्द्र प्रसाद चौधरी र स्थानीय युवा सुनिल तिमल्सीनाले नगद सहित ट्रफी प्रदान गरे ।

फाइनल प्रवेशकै लागी अर्को खेल भोली दिउसो ३ बजे हेटौडा फुटबल एकेडेमी र नेपाल खेलकुद क्लव चपुरबीच हुनेछ ।

फागुन १४ गते सम्म हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख सहित प्रमाण पत्र तथा दोस्रो हुने टिमले नगद ५० हजार सहित प्रमाण पत्र पाउने पर्सागढी युवा स्पोर्टसका अध्यक्ष याम बहादुर थापाले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सा–४ का उत्कृष्ट एसईई विद्यार्थीलाई नगद पुरस्कार र सम्मान

वीरगंज । माद्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका विद्यार्थीहरूलाई प्रतिनिधिसभा सदस्य टेक बहादुर शाक्यले...

ठगी मुद्दाका फरार अभियुक्त गिरधारी कुर्मी पक्राउ

वीरगंज । ठगी सम्बन्धी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजका अनुसार जिल्ला पर्सा वीरगंज महानगरपालिका–२४ निवासी...

वीरगंजमा ई-स्कुटरको ब्याट्री पड्किँदा गढीमाई लजमा आगलागी

वीरगंज । वीरगंज महानगरपालिका–९ स्थित जिल्ला प्रशासन कार्यालय नजिक रहेको गढिमाई लजमा पार्किङ गरिएको ई–स्कुटरको ब्याट्री पड्किँदा आगलागी भएको छ । बिहीबार बिहान करिब...