Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

पर्सा गोल्डकप : हेटौडा सेमीफाइनलमा प्रबेश

spot_img
spot_img

वीरगंज । पर्साको बढनिहारमा जारी प्रथम पर्सा गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा बीरगंज युनाइटेड क्लवलाई पराजित गर्दै हेटौडा फुटबल एकेडेमी सेमीफाइनलमा प्रबेश गरेको छ ।

पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा बिहिबार भएको छैठौ दिनको खेलमा बीरगंजलाई ० का बिरुद्ध १ गोल गर्दै हेटौंडा सेमीफाइनलमा प्रबेश गरेको हो । निकै रोमाञ्चक देखीएको खेलको ८२ औं मिनेटमा हेटौंडाका रोजम लामाले गरेको गोल नै जितका लागी निर्णायक बन्यो ।

खेलको म्यान अफ द म्याच बीरगंज युनाइटेड क्लवका लालबाबु चौधरी भए । उनलाई पर्सागढी नगरपालिकाका वडा नं २ का वडाध्यक्ष बेदमन दासले ट्रफी प्रदान गरे ।

प्रतियोगिता अन्तर्गत भोलीको खेल दिउसो ३ बजे बीरगंज युथ क्लव र आयोजक पर्सागढी युवा स्पोर्टस क्लबबीच हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख सहित प्रमाण पत्र तथा दोस्रो हुने टिमले नगद ५० हजार सहित प्रमाण पत्र पाउने पर्सागढी युवा स्पोर्टसका अध्यक्ष याम बहादुर थापाले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...