Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

हेटौँडालाई हराउदै वीरगंज सेमीफाइनलमा प्रबेश

spot_img
spot_img

वीरगंज । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा बढनिहारमा जारी प्रथम पर्सा गोल्डकपको पाचौ दिनको खेलमा हेटौँडालाई पराजित गर्दै बीरगंज सेमीफाइनलमा प्रबेश गरेको छ ।

बुधबार भएको खेलमा श्याम पराजुली युवा स्पोर्टस क्लव हेटौडालाई हराउदै बीरगंज युथ क्लवले सेमीफाइनलमा स्थान बनाएको हो । आफ्ना दुई खेलाडिले लगातार रातो कार्ड पाएपछी बिरोधमा उत्रिएको हेटौँडाले खेल बहिस्कार गर्दा वीरगञ्जलाई स्वतः विजयी घोषणा गरिएको हो ।

३४ औ मिनेटसम्म गोलरहित बराबरीमा चलिरहेको खेलमा रेफ्री संग बिबाद गरेको भन्दै हेटौडाका क्याप्टेन श्याम पराजुलीले रातो कार्ड पाएका थिए । रेफ्रिको उक्त निर्णयमाथी असहमती जनाउँदै बिरोध गर्ने क्रममा हेर्टौडाकै अर्का खेलाडी राशी प्रजापतिलाई समेत रातो कार्ड देखाईएको थियो ।

त्यसलगत्तै मैदानबाट बाहिरिएको हेटौँडा पुनः खेलमा नफर्किँदा वीरगञ्जलाई स्वतः विजयी घोषणा गरिएको हो । खेलको म्यान अफ द म्याच बीरगंज युथ क्लवका गोलरक्षक जयाराम चौधरी भए । उनलाई पर्सागढी नगरपालिकाका वडा नं. ९ का वडाध्यक्ष राम नारायण गौरोले ट्रफी प्रदान गरे ।

प्रतियोगिता अन्र्तगतको भोली बीरगंज युनाइटेड र हेटौडा एकेडेमी प्रतिस्पर्धा गर्नेछन् । फागुन १४ गते सम्म हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख सहित प्रमाण पत्र तथा दोस्रो हुने टिमले नगद ५० हजार सहित प्रमाण पत्र पाउने पर्सागढी युवा स्पोर्टसका अध्यक्ष याम बहादुर थापाले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...