Date
बिहि, साउन २१, २०८३
Thu, August 6, 2026

आयोजक पर्सागढी पर्सा गोल्डकपको सेमीफाइनलमा प्रबेश

spot_img
spot_img

वीरगंज । निजगढ एफ सि बारालाई हराउदै आयोजक पर्सागढी युवा स्पोर्टस क्लब प्रथम पर्सा गोल्डकपको सेमीफाइनलमा प्रबेश गरेको छ । पर्साको बढनिहारमा जारी गोल्डकपमा १ का बिरुद्ध ३ गोल गर्दै आयोजक क्लव सेमीफाइनलमा प्रबेश गरेको हो ।

खेलको सुरुवाती २४ औ मिनेटमा निजगढका समिर तामाङले गोल गरेर निजगढलाई अग्रता दिलाएका थिए । खेलको पहिलो हाफमा १ गोलले पछि परेको पर्सागढी दोस्रो हाफमा उत्कृष्ट प्रर्दशन गर्यो । पर्सागढीका रमेन डंगोलले खेलको ५८ औ मिनेट र ७७ औ मिनेटमा लगातार गोल गरेर टिमलाई अग्रता दिलाए ।

खेलको ७९ औ मिनेटमा पर्सागढीका सुसान्त चौधरीले गोल गरेपछि पर्सागढी ३-१ गोल अन्तरले बिजयी बन्यो । खेलको म्यान अफ द म्याच पर्सागढीका रमेन डंगोल भए । उनलाई पर्सागढी नगरपालिकाका वडा नं. ५ का वडाध्यक्ष असलम आलमले ट्रफी प्रदान गरे ।

प्रतियोगिता अन्र्तगतको भोलीको खेल बीरगंज युथ क्लव र श्याम पराजुली युवा स्पोर्टस क्लव हेटौडाबीच हुनेछ । फागुन १४ गते सम्म हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख सहित प्रमाण पत्र तथा दोस्रो हुने टिमले नगद ५० हजार सहित प्रमाण पत्र पाउने पर्सागढी युवा स्पोर्टसका अध्यक्ष याम बहादुर थापाले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

वीरगंज । पर्सा प्रहरीले २०७ केजी लागूऔषध गाँजासहित एक टाटा योद्धा पिकअप र चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको...

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...