Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

पर्सा गोल्डकप : तेस्रो दिनको खेलमा चपुर बिजयी

spot_img
spot_img

पर्साा । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी प्रथम पर्सा गोल्डकपमा नेपाल खेलकुद क्लव चपुर बिजयी भएको छ ।

एफ सी सिमरा युनाइटेड बिरुद्धको आजको खेलमा खाली पोष्टमा गोल गरेर चपुर बिजयी बनेको हो ।

खेलको सुरुवाती १९ औ मिनेटमा चपुरका रोशन पहरीले गोल गरेर चपुरलाई अग्रता दिलाएका थिए । खेलको ५२ औ मिनेटमा सिमराका निकेश थापाले गोल गर्दै खेललाई बराबरी गरे । खेलको ६९ औ मिनेटमा सिमराका सुनिल राउतले रातो कार्ड पाएपछि रेफ्रीको निर्णयमा असहमति जनाउदै सिमराले खेल बहिष्कार गर्यो ।

सिमराले खेल बहिष्कार गरेपछि चपुरले खाली पोष्टमा गोल गरेर आजको खेलको बिजयी बन्यो ।

खेलको म्यान अफ द म्याच रौतहटका चपुरका रोशन पहरी भए । उनलाई पर्सागढी नगरपालिकाका वडा नं. ३ का वडाध्यक्ष उद्धव बहादुर उप्रेतीले ट्रफी प्रदान गरे ।

प्रतियोगिताको चौथो खेल भोली निजगढ एफ सि बारा र आयोजक पर्सागढी युवा स्पोर्टस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख सहित प्रमाण पत्र तथा दोस्रो हुने टिमले नगद ५० हजार सहित प्रमाण पत्र पाउने पर्सागढी युवा स्पोर्टसका अध्यक्ष याम बहादुर थापाले जानकारी दिनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...