26.7 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

निःशुल्क आँखा शिविर सम्पन्न

वीरगंज । ग्लोबल आईएमई बैंक वीरगंजको आयोजनामा आज वीरगंज महानगरपालिका वडा नम्बर २५ श्रीसियमा निःशुुल्क आँखा शिविर सम्पन्न भएको छ ।

केडिया आँखा अस्पताल परवानीपुरको सहयोगमा भएकाे शिविरमा २५० जनाको आँखा परिक्षण गरिएको थियो । जसमध्ये ४७ जनामा मोतियाबिन्दु फेला परेको बैंकका प्रबन्धक संतोष कुमार साहले वताए । मोतियाबिन्दुको शल्यक्रियाको सम्पुर्ण खर्च बैंकले व्यहोर्ने प्रबन्धक साहले जानकारी गराए ।

शिविरमा नेत्र रोग विशेषज्ञ डा. नितिन तुल्स्यानको टिमले चेकजाँच गरेको थियो । सो अवसरमा बैंकका तर्फबाट राकेश ज्ञवाली, सुशिल द्विवेदी, मिनु यादव, सोनु जयसवाल, स्थानिय युवा आशुतोष चतुर्वेदी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स
SQL requests:215. Generation time:3.387 sec. Memory consumption:81.45 mb