Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

किसानहरु उखु रोपन छोडदै गए पछि रिलायन्स चिनी मिलद्वारा उखु रोपन आग्रह

spot_img
spot_img

वीरगंज । पर्साको किसानहरु उखु रोपन छोडदै गए पछि शनिबार रिलायन्स चिनी मिल बाराका संचालक राजकुमार अग्रवालले  किसानहरु सित उखु रोपन आग्रह गरेका छन् । पाेखरियामा किशानहरुकाे भेला गरी अग्रवाले उखु राेपन आग्रह गरेका हुन् ।

पोखरीया उखु सेन्टर अन्तर्गत पर्ने किसानहरुको भेलामा उखु रोपन आग्रहका साथै समयमै चलान दिने र समयमै भुक्तानी गर्ने आग्रह गर्नु गरे । मिलका संचालक अग्रवालले भेराईटी उखु रोपन आग्रह गर्दै अब कुनै किसिम्मका किसानहरुको दु:ख नहुने बताए ।

किसानहरुले उखु रोपन छोडेको मुख्य काराण भेराईटी उखु रोप्दा खर्च धेरै हुने, तर मुल्य कम रहेको, नेपाल सरकारले तोकेको दर भाउ र मिती भित्र भुक्तानी दिन नसकेको, समयमा चलान नदिइएको, चलान पाउन दौडधुप तथा चलान खरिद गर्नु पर्ने अवस्था र समयमै चिनिमिल संचालन नहुदा उखु क्रसर नहुनु रहेको प्रमुख कारणले उखु रोपनबाट निरास भएको बताउदै यी सबै मांग पुरा भए उखु रोप्ने किसान हकहित संघर्ष समिती पर्साका सचिव पृथ्बी साह कानुले भेलामा कुरा राखेका थिए ।

चिनिमिलका संचालक संगै रहेका मैनेजर विकास चौधरी, केन मैनेजर द्वारिका नाथ पाण्डेको सहभागीतामा भएको किसानहरुको भेलामा आर्थिक बर्ष ०७४।०७५ को ५ रुपैया ३६ पैसाको दरले २९ लाख क्वीन्टल उखु क्रसरको रकम १ करोड ५५ लाख ४४ हजार बाकी हरकोले सो रकम भुक्तानी गर्न उखु उत्पादन किसान संघ पर्साका अध्यक्ष असर्फी साहले माग गरेका थिए ।

जिल्ला उच्चांगल रामदेव कलवार प्राविधिक माध्यमिक बिधालयको प्रांगनमा भएकाे भेलामा पोखरीया सेन्टर सम्बद्ध सयौ किसानहरुको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...

सरकारको ऋणभार बढ्दोः सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

काठमाडौँ । सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व रु २९ खर्ब ७३ अर्ब पाँच करोड ९२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन...

जिल्लावासीलाई भारी वर्षामा सतर्क रहन जिल्ला प्रशासन कार्यालय पर्साको अनुरोध

वीरगंज । जिल्ला प्रशासन कार्यालय  (जिप्रका) पर्साले जिल्लावासीलाई भारी वर्षामा सतर्क रहन अनुरोध गरेको छ । यही असोज ९ देखि असोज ११ गतेसम्म देशका विभिन्न...