26.7 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंजमा माेटरसाइकल चाेरकाे विगविगी

वीरगंज । वीरगंजमा माेटरसाइकल चाेरकाे विगविगी बढेकाे छ । वीरगंजबाट दिनहु जसाे चाेरी हुने माेटसाइकलकाे घटनामा कमि आउन सकेकाे छैन् भने शनिबार पुन: २ वटा माेटरसाइकल चाेरी भएकाे छ ।

वीरगंजकाे घण्टाघर नजिकै लागेकाे चुत्ता चपल मेला अगाडीबाट एउटा पलसर माेटरसाईकल चाेरी भएकाे हाे । पर्साकाे पटेर्वा सुगाैली गाउँपालिका वडा नं. २ निवासी रेयाज खानकाे नाउमा रहेकाे प्रदेश ३-०३-००१ प ९७९३ नम्बरकाे २ सय २० सिसिकाे कालाे र राताे रंगकाे पलसर माेटरसाइकल चाेरी भएकाे हाे ।

मेला अगाडी माेटरसाइकल पार्किङ्ग गरी भित्र गएर फर्के पछि माेटरसाइकल गायब भएकाे पिडितले वताएका छन् ।

यस्तै आजै वीरगंजकाे विर्ता स्थित डा. सुमनकाे किल्निक आगाडीबाट पनि एउटा महिन्द्रा माेटरसाइकल चाेरी भएकाे छ । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. १ मुडली निवासी इशक कुमारकाे नाउमा रहेकाे ना ३६ प ७७२१ नम्बरकाे कालाे र राताे रंगकाे सय सिसिकाे महिन्द्रा माेटरसाइकल चाेरी भएकाे हाे ।

प्रहरीकाे फित्लाे अनुसन्धानका कारण माेटसाइकल चाेरीकाे घटनामा कमि आउन नसकेकाे वीरगंज वासीले गुनासाे समेत गर्ने गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स
SQL requests:215. Generation time:3.798 sec. Memory consumption:81.49 mb