Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026

दिब्य बचतकाे २२ औ साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । दिब्य बचत तथा ऋण सहकारी संस्था लि. बिरन्चीवर्वाको २२ औ साधारण सभा आज सम्पन्न भएको छ पर्साको पोखरीया नगरपालिकाको जिल्ला उच्चांगल रामदेव कलवार प्राविधिक माध्यमिक बिधालय पोखरीयामा भएकाे साधारण सभाकाे उद्घाटन पोखरिया नगरपालिकाका प्रमुख दिपनारायण रौनियारले गरेका थिए ।

उदघाटन समारोहलाई संबोद्धन गर्दै प्रमुख अतिथी प्रमुख रौनियारले दमन र शोषणबाट बाच्नलाई बचत गर्ने बानीको विकास गर्न अपरिहार्य रहेको बताए ।

समारेहमा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पंडित, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता, कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुश्वाहा, पोखरीया नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष लक्ष्मण साह, पत्रकार छठु साह, धर्मेन्द्र चौरसिया लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

दिब्य बचतको आर्थिक बर्ष २०७५।०७६ मा कुल आम्दानी र खर्च ५ करोड ९४ लाख ३१ हजार ८ सय ३३ रहेको र चालु आर्थिक बर्षमा १४ लाख १७ हजार ४ सय २ रुपैया २१ पैसा शुद्ध नाफा रहेको र आर्थिक बर्ष ०७६।०७७ को भावी योजना १० करोड ३१ लाख ८२ हजार आम्दानी खर्च गर्ने लक्ष्य रहेको संस्थाका सचिव बृजकिशोर चौहानले प्रस्तुत गरेका थिए ।

संस्थाका प्रबन्धक जयनारायण पटेलले संस्थाको ३ वटा सेवा केन्द्र मार्फत पोखरीया नगरपालिका, छिपहरमाई गाउँपालिकाको भिस्वा र जगरनाथपुर गाउँपालिकाको जानकीटोलाबाट सेवा दिइएको बताए ।

यसै गरी प्रबन्धक पटेलले २ ठाउमा ५० लाख बराबरको भवन, ५५ लाखको कोष निमार्ण, १६ लाख बराबरको ऋण जोखिम ब्यवस्था, सफटवेयर मार्फत आर्थिक कारोबार, २२ वटा महिला समुह मार्फत ५ सय ५० जना महिलाहरु संग बचत कारोबार, २ हजार ५५ कुल सदस्य संख्या रहेको जस मध्ये महलिा संख्या ९ सय ३० र पुरुष ११ सय २५ रहेको, दिब्य कन्या माबि स्थापना र १० जना कर्मचारीहरुलाई रोजगारी दिइएको उपलब्धी प्रस्तुत गरेका थिए ।

कार्यक्रमकाे सहजिकरण संस्थाका कोषाध्यक्ष रामाकान्त पटेलले गरेका थिए भने संस्थालाई योग्यदान पुर्‍याउने ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सुनसरी गोलीकाण्डको विरोधमा वीरगंजमा प्रदर्शन, घण्टाघरमा टायर बालेर नाराबाजी

वीरगंज । सुनसरीको कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक हिन्दु युवकको मृत्यु भएको घटनाको विरोधमा सोमबार साँझ वीरगंजमा हिन्दु संगठन तथा सर्वसाधारणले विरोध प्रदर्शन गरेका...

‘आत्महत्या होइन, हत्या हो’ भन्दै लक्ष्मी सिलवाल प्रकरणमा न्यायको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा गत शुक्रबार मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिन...

पर्सागढी–६ को सेवा सुचारु गर्न नगरपालिकालाई ७ दिने अल्टिमेटम

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ६ का सर्वपक्षीय प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय नागरिकहरूले वडा कार्यालयबाट करिब तीन महिनादेखि नियमित सेवा प्रवाह...