Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

बाेल्नु भन्दा पनि व्यवहारमा लागु गरेर देखाउन्छु : एसपि पन्त

spot_img
spot_img

वीरगंज । पर्साकी प्रहरी प्रमुख गंगा पन्तले बाेल्नु भन्दा पनि व्यवहारमा लागु गरेर देखाउने वताएकी छन् । जिल्ला प्रहरी कार्यालय पर्सामा शुक्रबार पत्रकार भेटघाट तथा परिचात्मक कार्यक्रम गर्दै प्रहरी उपरिक्षक (एसपि) पन्तले वाेल्नु भन्दा पनि आफुले गरेर देखाउने वताइन ।

हरेक जिल्लाका भाैगाेलिक बनावट, आर्थिक तथा समाजिक प्रबेश फरक किशिमकाे भएका हुदा यहाँका चुनाैतिहरु पहिचान गर्दै अगाडी बढ्ने वताइन । उनले समाजिक अपराध तथा लैंगिक हिंसाकाे घटना स्थानिय सरकारकाे समन्वयमा नियन्त्र गर्ने वताइन ।

बिशेष गरी पत्रकारहरुकाे समन्वय र सहकार्यमा आफु अगाडी बढ्ने वताउदै उनले पत्रकारबाट सहयाेगकाे अपेक्षा समेत गरिन ।

प्रहरीले गरेकाे कामकाे मूल्यांकन नागरिक समाजबाट हुनु पर्ने उनकाे भनाई थियाे । प्रहरीकाे इमेज नराम्राे जादा आमजन्तामा खराब सन्देश जाने भएकाे हुदा प्रहरी कार्यालयमा पिडित एकलै आउने खालकाे वातावरण आफुले बनाउने उनले दावी गरिन ।

नराम्राे काम गर्नेलाई राम्राे काम गर्ने प्रेणा हुने खालकाे आफुले काम गर्ने उनकाे भनाई थियाे । थुनुवा कक्ष भर्नु भन्दा खाली गर्नु तर्फ मेराे प्रयास रहने प्रहरी उपरिक्षक पन्तकाे वताइन ।

पर्सा प्रहरी प्रमुखमा पहिलाे पटक कार्यभार समाहलेकी पन्तले खुल्ला सिमा कारण तस्कारी नियन्त्रण प्रहरीकाे लागि चुनाैति भए पनि सशस्त्र प्रहरीकाे समन्वयमा आफुले गर्ने वताइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य र मान्यताबाट नडगमगाउने अडान व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना...

विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय श्रृङ्खला खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा नेपाल क्रिकेट सङ्घ...

भारतमा ९६० किलो चकलेटसहित बाराका ६ जना पक्राउ

बारा । भारत–नेपाल सीमा क्षेत्रमा तस्करी नियन्त्रणका क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले ९६० किलो चकलेटसहित बाराका ६ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ। भारतको...