26.7 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

नेवि संघद्वारा प्रधानमन्त्री ओलि र अख्तियार प्रमुख घिमिरेकाे पुतला दहन

वीरगंज । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ पर्साले आज बिरगंजमा प्रधानमन्त्री के.पि.शर्मा ओलि र अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेकाे पुतला दहन गरेको छ ।

केही दिन पछाडि बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा सरकारले नेकपाका नेतालाई उन्मुक्ति दिएको र अख्तियार लगाएर अन्यलाई राजनीतिक प्रतिशोधका आधारमा बदनियतपूर्ण मुद्दा लगाई फसाएको भन्दै विरोध स्वरुप संघले वीरगन्जमा पुतला दहन गरेको हो ।

नेवि संघका पुर्व केन्द्रिय सदस्य सुधिर पटेलको नेतृत्वमा नगरको विभिन्न क्षेत्रबाट एक साथ निकालिएको मसाल जुलुसलाई नियन्त्रणमा लिन पर्सा प्रहरीलाई हम्मे परेको थियो । नेवि संघले अख्तियार तथा सरकार विरुद्ध नगरको ठाकुरराम बहुमुखी क्याम्पस, आदर्शनगर रोड, माईस्थान लगायतको विभिन्न ठाउँबाट एकसाथ प्रधानमन्त्री ओलि र अख्तियारका आयुक्त घिमिरेकाे पुतला जलाउदै मशाल जुलुश निकालेको थियो ।

जुलुसमा सहभागि विद्यार्थी नेताहरुले ओली सरकार र अख्तियार विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । विरोधको क्रममा नेपाली काँग्रेसका नेता राजु गुप्ता, नेबि संघका पुर्व केन्द्रिय सदस्य ब्रदी नारायण तिवारी, जिल्ला उपाध्यक्ष विकेश पटेल, रुद्र हल्दर , जिल्ला सचीव प्रभात सिंह, अब्दुल कयुम, वीरगंज महानगरपालिका अध्यक्ष विवेक कलवार, ठाराब नेता मुनराज तिवारी, तरुण दलका नेता मिकु सिंह लगायत सयाैं संख्यामा विद्यार्थी नेताहरुको सहभागिताता रहेकाे थियाे ।

अख्यितारले ललिता निवासको जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार सहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, कांग्रेसले तत्कालीन प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर मन्त्रिपरिषद सदस्यविरुद्ध मुद्दा दर्ता गरिएको भन्दै संसददेखि सडकसम्म बिरोध प्रदर्शन गरेको छ । नगरको विभिन्न ठाउँबाट निकालिएको पुतला प्रहरी हस्तक्षेप बाबजुद पनि नगर परिक्रमा गर्दै घण्टाघरमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेबि संघका पुर्व केन्द्रिय सदस्य सुधिर पटेलले अख्तियारले आफ्नो अमर्यादिक निर्णय नसच्याए हामी देशको सडक तताउन बाध्य हुने चेतावनी समेत दिए । उनले अख्तियारका कर्मचारी कालाे मसाे दल्ने चेतावनी समेत दिए । कोण सभाकाे संचालक जिल्ला सचीव प्रभात सिंहले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.609 sec. Memory consumption:81.42 mb