26.7 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

श्रिसिया नदिमा प्रदुषण फैलाउने उधोगलाई कार्यवाही गर्न सांसद यादवको माँग

वीरगंज । समाजवादी पार्टीका सांसद प्रदिप यादवले सिर्सिया नदीको प्रदुषणले आम पर्साबासी धेरै नै सास्ती खेपिरहेको बताएका छन् । पर्सा क्षेत्र नं. १ र २ अन्तर्गत वीरगंज महानगरपालिकामा पर्ने सिर्सिया नदीमा केही उद्योग कलकरखानाको बदमासीले यतिखेर नदी प्रदुषित र विषालु भई जनताको स्वास्थयको लागी हानिकारक भएको सांसद यादवले बताएका हुन ।

‘‘आज दिउसो बसेको प्रतिनिधी सभा बैठकमा बोल्दै सांसद यादवले नदीको प्रदुषित पानीको कारण आम जनता मुख छोपेर हिडनु पर्ने बाध्यता आएको छ । नदीको प्रदुषित पानी खाएको चौपायाहरु बिरमी भएर कतिले ज्यान समेत गुमाई सकेका छन् । उनले भने’’ दर्जनौ गाउँको लाखौ मानिसको जीवनसंग गासिएको यो समस्या भएकोले नदीमा प्रदुषण फैलाउने उद्योगलाई कडा कारवाही गर्न सरकारसंग मांग गर्दछु ।

नदीको आसपासमा बसोबास गर्ने मानिस नदीमा खुट्टा राख्दा खुट्टा चिलाएर अधिकांश मासिन छालाको बिरामी भईसकेका छन् । कसैको छालामा घाउ भएर लुतो, हात खुट्टा चिलाउने जस्ता अनेकौं समस्या देखिएको बताउँदै सांसद यादवले त्यस्ता महामारीलाई समयमै रोक्न फोहोर फैलाउने केही उधागीहरुलाई कडा गर्नु पर्ने उनले मांग गरे । विगतको दिनमा सिर्सिया नदीको पानी पहाडको झरिबाट निस्किने पानी जस्तो सफा र चम्किलो थियो । बैशाख, ज्येष्ठको महिनामा तिर्खा लाग्नेले समेत त्यही पानी खाने गर्र्र्थे । उनले भने’’ नदी आसपासका किसानहरुले पनि पम्पिङ्ग सेट लगाएर सिचाई पनि गर्ने गर्थे ।

समाजवादी पार्टीका केन्दिय सदस्य समेत रहेका सांसद यादवले सिर्सिया नदीको छेउमा सयकडौंज उद्योग कलकारखान रहे पनि सबैले प्रदुषण नफैलाई केही मात्रै उद्योगले विशालु र प्रदुषण पानी फालेकोले जनताको स्वास्थयसंग खेलवाड गर्ने त्यसता उद्योग र उद्योगीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका हनु ।

२०६७ सालमा एउटा अध्ययन टोलीले समेत आफ्नो प्रतिवेदनमा ४८ वटा उद्योग र अबैध रक्सी भठ्ठी एंव वीरगंज महानगरपालिकाका ढल र फोहोर पनि प्रदुषणको स्रोतको रुपमा उल्लेख गरेको बताउँदै उनले सिर्सिया नदीलाई फोहोर, दुर्घन्धिन र बिशालु पानी फाल्ने छाला उद्योग, डिस्टिलरी, टेक्सटाई, घ्यू, साबुन, काटुन, कागज, सलाई र रांगा काट्ने उद्योगहरु रहेको बताउँदै यि उद्योगहरुलाई कडा कारवाही गर्न संसदमा जोडदार आवाज उठाए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.088 sec. Memory consumption:81.49 mb