Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

बालबालिकाहरुद्वारा विपद व्यवस्थापन सम्बन्धमा अवलाेकन भ्रमण

spot_img
spot_img

वीरगंज । बालबालिकाहरुकाे एक समुहले पर्साका ३ स्थानिय तहमा विपद व्यवस्थापन सम्बन्धमा बुधबार अवलाेकन भ्रमण गरेका छन् ।

पर्सागढी नगरपालिका, बिन्दवासिनी गाउँपालिका र जगरनाथपुर गाउँपालिकामा बाल क्लब र बाल संजालका १९ जना बालबालिकाहरु विपद व्यवस्थापन सम्बन्धि भएकाे कामकाे अवलाेकन भ्रमण गरेका हुन् । भ्रमणकाे क्रममा विपद् व्यवस्थापनकाे लागि तनटै स्थानिय तहमा भएकाे कलभट निर्माण, बाेरिङ्ग जडान, दमकल खरिद, बाउन्डरी वाल निर्माण लगायतकाे बालबालिकाहरुले अवलाेकन गरेका थिए ।

नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा पर्साकाे आयाेजना र युनिसेफ नेपालकाे सहयाेगमा सँचालित बाल केन्द्रित विपद् जाेखिम् न्युनिकरण कार्यक्रम अन्तर्गत भएका न्युनिकरण कामकाे अवलाेकन भ्रमण गरिएकाे कार्यक्रम संयाेजक उमेश मिश्राले वताए ।

कार्यक्रम संचालन रहेकाे तीन वटै स्थानिय तहमा रहेकाे बाल क्लबका अध्यक्ष तथा बाल क्लब सँजालका अध्यक्षहरू, कार्यक्रम सँयाेजक मिश्रा, सँचारकर्मि सँजय गुप्ता लगाएत समाजिक परिचालकहरू समेत अवलाेकन भ्रमणमा सहभागि थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...