26.7 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

अख्तियार र सरकार विरुद्ध नेवि संघद्वारा मशाल जुलुुश प्रदर्शन

वीरगन्ज । प्रहरी हस्तक्षेपका वाहजुद पनि नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ पर्साले अख्तियार विरुद्ध मंगलबार वीरगंजमा मसाल जुलुस प्रदर्शन गरेकाे छ ।

बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा सरकारले नेकपाका नेतालाई उन्मुक्ति दिएको र अख्तियार लगाएर अन्यलाई राजनीतिक प्रतिशोधका आधारमा बदनियतपूर्ण मुद्दा लगाई फसाएको भन्दै विरोध स्वरुप संघले मसाल जुलुस प्रदर्शन गरेको हो ।

वीरगंजकाे महाविर स्थान स्थित लाठ गलीबाट निस्केकाे मसाल जुलुसलाई घण्टाघरमा पुगी काेण सभामा परिणत भएकाे थियाे । जुलुशलाई प्रहरीले हस्तक्षेप गर्न खाेज्दा प्रदर्शनकारी र प्रहरी विच समान्य झडप समेत भएकाे थियाे ।

जुलुसमा सहभागि विद्यार्थी नेताहरुले ओली सरकार र अख्तियार विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।

नेवि संघ पर्साका अध्यक्ष विकास तिवारीकाे अध्यक्षतामा भएकाे काेण सभामा नेपाली कांग्रेसका पर्सा जिल्ला उपसभापति राजु गुप्ता, ठारब इकाई अध्यक्ष मनाेज साह, तरुण दल पर्काका सचिव विवेक चाैरसिया लगायतकाले मन्तव्य राखेका थिए ।

अख्यितारले ललिता निवासको जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार सहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, कांग्रेसले तत्कालीन प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर मन्त्रिपरिषद सदस्यविरुद्ध मुद्दा दर्ता गरिएको भन्दै संसददेखि सडकसम्म बिरोध प्रदर्शन गरेको छ ।

यस अघि साेमबार पनि वीरगंजमा नेवि संघले मशाल जुलुश प्रदर्शन गरेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.211 sec. Memory consumption:81.48 mb