26.7 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंजमा २ दिने शैक्षिक मेला शुरु

वीरगञ्ज । नेपालमै उच्च शिक्षा प्रदान गर्ने अभिप्रायले भिजन मिडिया ईनकर्परेशन र एजुकेसन डटकमको संयुक्त आयोजनामा २ दिने शैक्षिक मेला आजदेखी शुरु भएको छ ।

वीरगन्जको नगरसभा गृहमा शुरु भएको स्टडी ईन नेपाल एजेुकेशन फेयरको उद्घाटन एजुकेशन डटकमका प्रमुख कार्यकारी अधिकृत जिवन लामा गोलेले गर्नुभएको थियो । २ दिने मेलाको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत गोले ले वीरगञ्ज र यस आसपासका विद्यार्थिहरुलाई स्वदेशमै उच्च शिक्षा प्रदान गर्न सघाउ पुगोस भन्ने सोचका साथ वीरगञ्जमा पनि शैक्षिक मेलाको आयोजना गरिएको बताउनुभयो ।

सस्तो र सर्वसुलभ मुल्यमा गुणस्तरी उच्च शिक्षा प्रदान गर्नका लागि नेपालमै पनि राम्रा शैक्षिक संस्थाहरु छन् भन्ने कुरा पनि धेरैलाई जानकारी नभएको हुँदा यस मेलाले सघाउ पुग्ने बिश्वास पनि उहाँले व्यक्त गर्न‘भयो । “स्वदेशमै शिक्षा, सबैको ईच्छा“ भन्ने नाराका साथ आयोजित शैक्षिक मेलाको आज पहिलो दिनमा १५ सय भन्दा बढी विद्यार्थिहरुले निशुल्क परामर्श दिइएको मेलाका व्यवस्थापक नविन कार्कीले बताउनुभयो ।

सो शैक्षिक मेलामा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, वीरगन्ज पब्लिक कलेज, ठाकुराम बहुमुखी क्याम्पस लगायतका २७ भन्दा बढी कलेजको स्टल राखिएको छ । उच्च शिक्षाका लागि बिदेशमा जोनहरुको संख्या बढीरहेको बेलामा यस शैक्षिक मेलाले सो संख्यालाई कम गर्ने बिश्वास आयोजकले लिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.632 sec. Memory consumption:81.48 mb