Date
बिहि, साउन २१, २०८३
Thu, August 6, 2026

वीरगंजमा विश्व विद्यालय बनाउन पुन: माग

spot_img
spot_img

वीरगंज । वीरगंजमा विश्व विद्यालय बनाउनु पर्ने माग फेरी उठेकाे छ । केही समेय पहिला उठेकाे माग सेलाइसके पछि फेरी एक व्यक्तिले उठाएका छन् ।

देश प्रमी भनिने विरेन्द्र भगत कुशवाहाले आइतबार पत्रकार सम्मेलन गर्दै वीरगंजमा विश्व विद्यालय बनाउनु पर्ने माग गरे । उनका अनुसार प्रदेश २ काे राजधानी जनकपुर भए पछि विश्व विद्यालय वीरगंजमा बनाउनु पर्छ ।

वीरगंज मुर्ली स्थित नेपाल पत्रकार महासंघ पर्साकाे भवनमा आयाेजित पत्रकार सम्मेलनमा उनले भने “वीरगंजमा विश्व विद्यालय बनाउने कुरा जनकपुर भन्दा पहिला देखी नै उठेका कारण वीरगंजमा बनाउनु पर्छ । राजधानी र विश्व विद्यालय दुबै जनकपुरमा हुनु हुदैन् ।”

यसका साथै उनले वीरगंज देखी काठमाण्डाै सम्म मेट्राे ट्रेन चल्नु पर्ने र शिक्षा पेशामा महिलाकाे ५० प्रतिशत आरक्षणकाे व्यवस्था हुनु पर्ने माग गरे । सरकारले माग पुरा नगरे आन्दाेलन गर्ने उनकाे चेतावनी थियाे । उनले २० दिन भित्र सरकारले माग पुरा नगरे आफुले हजराैं महिला र पुरुष वीरगंज स्थित सडकमा उत्राने चेतावनी दिए ।

यस अघि २०७४ सालमा पनि वीरगंजमा विश्व विद्यालय बनाउनु पर्ने माग उठेकाे थियाे । त्यसकाे लागि एउटा समिति पनि गठन भएकाे थियाे । जुन समितिले विश्व विद्यालयका लागि चन्दा समेत संकलन गरेकाे थियाे ।

हरि खेतान बहुमुखी क्याम्पस वीरगंजका निर्देशक भगवान यादवकाे संयाेजक रहेकाे समितिले कराेड रुपया भन्दा बढी संकलन समेत गरेकाे थियाे । तर केही समय पछि विश्व विद्यालयकाे कुरा विस्तार सेलाउदै गयाे । त्यस पछि कुनै राजनितिक दल अथवा अन्य कुनै व्यक्ति हाल सम्म विश्व विद्यालयकाे विषयमा वाेलेका थिएनन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

वीरगंज । पर्सा प्रहरीले २०७ केजी लागूऔषध गाँजासहित एक टाटा योद्धा पिकअप र चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको...

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...