Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

जिल्ला स्तरिय बाल क्लब समन्वय संजाल गठन

spot_img
spot_img

पर्सा । पर्साकाे पाेखरियामा नगरपालिकामा आज भएकाे जिल्ला स्तरिय बाल भेलाले जिल्ला स्तरीय बाल क्लब समन्वय संजाल गठन गरेकाे छ । पाेखरिया नगरपालिकाकाे सभा हलमा भएकाे भेलाले अर्जनु साहको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला स्तरिय बाल क्लब समन्वय संजाल गठन गरेकाे हाे ।

जुन समितिकाे सदस्यहरुमा राजकपुर साह, सुन्तान मिया, अमन चौरसिया, प्रियांका पाण्डे, तम्ना खातुन, राहुल कुमार साह, मेघराज पंजियार, सुस्मिता चालिसे, ,ममता साह, संदिप साह, दिपक पटेल, केशव यादव, निभा यादव र शोभा कुश्वाहा रहेका छन ।

वाकी रहेकाे स्थानिय तहरुमा बाल क्लब संजाल गठन भए पछि थप सदस्य मनाेनित र पदाधिकारी चयन गरिने अध्यक्ष साहले वताए ।

जिल्ला समन्वय समितिकाे समन्वय र किशाेरी संवाद कार्यक्रमकाे सहयाेग तथा दिब्यानी बाल अधिकार मंचको आयोजनामा सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार मुल नाराका साथ भएकाे जिल्ला स्तरिय बाल क्लब समन्वय संजाल गठन तथा अभिमुखिकरण कार्यक्रम  भएको हाे ।

जिल्ला समन्वय समिती पर्साका उपाध्यक्ष ठाकुर न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पोखरिया नगरपालिकाका प्रमुख दिपनारायण रौनियारले मैनबतीबाली भेलाकाे उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै वक्ताहरुले बालबालिका देशको कर्णधार भएकाले यिनीहरुलाई अधिकार सम्पन बनाउनु पर्ने धारणा राखे । कार्यक्रममा पाेखरिया नगरपालिकाकी उप प्रमुख सलमा खातुन, पटैर्वासुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महताे, पत्रकार छठु साह, वडाअध्यक्ष अजय साह कलवार, लक्ष्मण साह कानु लगायतको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...