29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

नेपाली कांग्रेस निकटका भातृ संगठनहरुद्वारा वीरगंजमा प्रदर्शन

वीरगंज । नेपाली कांग्रेस निकटका विभिन्न भातृ संगठनहरुले आज वीरगंजमा विराेध प्रदर्शन गरेका छन् ।  बालुवाटारको जग्गा प्रकरणमा नेकपा नेतालाई उन्मुक्ति तथा अन्यलाई राजनैनितक बदनियत र प्रतिशाेधपूर्ण मुद्दा लगाउने निर्णय भएकाे भन्दै कांग्रेस निकटका भातृ संगठनहरुले विराेध प्रदर्शन गरेका हुन् ।

वीरगंजकाे घण्टाघरबाट निस्केकाे विराेध जुलुश माईस्थान, महाविरस्थान, आदर्शनगर, घडिहर्वा हुदै पुन: घण्टारमा पुगी काेण सभामा परिणत भएकाे थियाे । बिराेध जुलुशमा सहभागिहरुले स्वतन्त्र र निष्पक्ष न्याय गर, निर्दाेषलाई फसाउन पाइदैन्, काण्डै काण्डकाे सरकार चाहिदैन्, भ्रष्ट सरकार चाहिदैन् लगायतका नारा लेखिएकाे प्ले कार्ड सहित चक्राे नाराबाजी समेत गरेका थिए ।

तरुण दल पर्साकाे आयाेजनामा भएकाे विराेध प्रदर्शनमा नेपाली कांग्रेस पर्साका काेषाध्य इमतियाज आलम, तरुण दलका नेता सहरुम राउत गद्दी, हुकुम सिंह, कालु सिंह, राजु गुप्ता, नेवि संघका पूर्व केन्द्रिय सदस्य बद्री तिवारी, तरुण दल पर्साका सचिव विवेक चाैरसिया, विद्यार्थी नेता बिकास तिवारी, राेशन सिंह, मुनराज तिवारी, राज चाैरसिया लगायत नेवि संघ, महिला संघ, किशान संघ लगायतका नेपाली कांग्रेस निकटका भातृ संगठनका नेता तथा कार्यककर्ताहरुकाे सहभागिता रहेका थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.525 sec. Memory consumption:81.42 mb