Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पर्दाफासकाे नवौं वार्षिकाेत्सव, जिम्मेवार र जवाफदेही पत्रकारिता गर्नुपर्छ : चाैलागाई

spot_img
spot_img

वीरगंज । वीरगंजबाट प्रकासित पर्दाफास दैनिक पत्रिकाकाे नवौं वार्षिकाेत्सव आज सम्पन्न भएकाे छ । पत्रिकाकाे वार्षिकाेत्सवकाे अवसरमा आयाेजित समाराेहलाई सम्बाेधन गर्दै प्रेस काउन्सिल नेपालका सदस्य गाेबिन्द प्रसाद चाैलागाईले गाउँ गाउँमा पुगि सकेकाे सिंह दरबारकाे अधिकार जनताले प्राप्प गरेकाे छ कि छैन् भने बिषयमा पत्रिकाले खबरदारी गर्नु पर्ने वताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी चाैलागाईले अहिलेकाे डिजिटल प्रविधिकाे जबानामा पत्रिकाकाे चुनाैतिहरु थपिदै गएकाे अवस्थामा पत्रिकाहरुले त्यस अनुसार पनि परिवर्तन हुन जरुरी रहेकाे धारणा राखे । उनले डिजिटल मिडियाहरुले छिन छिनमा समाचार दिने अवस्थमा पत्रिकाकाे छुट्टै आफ्नाे गरिमा रहेकाेले त्यसलाई बचाई राख्न जरुरी रहेकाे वताए ।

उनले भने “पत्रिका निकाल्न समस्या छ, याे कुरा देशभरीबाट नै आइरहेकाे छ यसकाे लागि पनि स्थानिय तहहरुले नै सहयाेग गरिदिनु पर्छ ।”

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत रहेका चाैलागाईले जिम्मेवार र जवाफदेही पत्रकारिता गर्नु पर्छ वताउदै त्यसकाे लागि पत्रकार अचारसंहिता पालना गर्नु पर्ने वताए ।

पत्रिकाका प्रकाशक तथा प्रबन्ध निर्देशक राघव साहकाे अध्यक्षतामा भएकाे समाराेहमा नेकपाका केन्द्रिय सदस्य एवं पर्सा इन्चार्ज रामचन्द्र साह, संविधान सभा सदस्य जयप्रकाश थारु, नेपका पर्साका अध्यक्ष प्रभु हाजरा, नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत, अधिवक्ता प्रमाेद साह, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य वृजलाल पासवान, संघिय प्रेसका केन्द्रिय सदस्य विजय कुशवाहा लगायकाले शुभकामना मन्तव्य राखेका थिए ।

वीरगंज मुर्ली स्थित रहेकाे नेपाल पत्रकार महासंघ पर्साका सभा हलमा भएकाे कार्यक्रमकाे संचालन पत्रकार मनाेज पटेलले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...