Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पाेखरिया नगरपालिकाकाे प्रथम नगर बाल भेला सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरिया नगरपालिकामा प्रथम नगर बाल भेला आज सम्पन्न भएकाे छ । नगरपालिकाको सभा हलमा भएकाे भेलाले २३ सदस्यीय नगर बाल क्लब संजाल गठन गरेकाे छ ।

राजकपुर साहकाे अध्यक्षतामा गठन भएकाे संजालकाे उपाध्यक्ष कंचन गुप्ता, सचिव बिरबहादुर महताे, सह सचिव अन्तिमा कुमारी, काेषाध्यक्ष संदिप कुमार चयन भएका छन् । नवगठित संजालकाे सदस्यमा राधेश्याम ठाकुर, सुमित मुखिया, माेनिता दास, मारुफ अली, प्रतिमा शर्मा, अंजली कुमारी, खुश्बु कुमारी साह, राजन कुमार साह, मधु कुमारी, जयमंगल दास, ममता साह, अंजु कुमारी चाैहान, रुकैया खातुन चयन भएकाे दिव्यानी बाल अधिकार मंचका अध्यक्ष अर्जुन साहले वताए । वाकी ५ जनालाई पछि मनाेनित गरिने अध्यक्ष साहले जानकारी गराए ।

भेलाकाे उद्घाटन पाेखरिया नगरपालिकाकी उप मेयर सलमा खातुनले गरेकी थिइन । कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी उप मेयर खातुनले बाल अधिकार सुनिश्चिताकाे लागि बालबालिका एकजुट हुन जरुरी रहेकाे वताइन ।

पाेखरिया नगरपालिकाे आयाेजनामा भएकाे भेलामा नगरपालिका अन्तर्गतका १० वटै वडाका २/२ जना गरी २० जनाकाे सहभागिता रहेकाे थियाे । भेलामा पाेखरिया नगरपालिका समाजिक शाखाका विनाेद पाण्डे, आइटी अफिसर अरबिन्द दुबे, वीरगंज महानगरपालिकाबाट बाल अधिकारमा काम गर्ने ज्याेति साह लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...