30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

पर्सामा एक किशाेरीलाई बलात्कार गरेकाे आराेपमा बुवा पक्राउ

पर्सा । पाेखरिया नगरपालिका निवासी एक १६ बर्षिय किशाेरीलाई बलात्कार गरेकाे आराेपमा बुवा पक्राउ परेका छन् । पाेखरिया नगरपालिकाकाे वडा नं. ४ सतवरिया निवासी ४० बर्षिय बुवालाई इलाका प्रहरी कार्यालय पाेखरियाले पक्राउ गरेकाे हाे ।

शुक्रबार देखी आफ्नै घर भित्र छाेरीलाई बलात्कार गर्दै आएकाे आराेपमा राैनियार थरका एक जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

आफुलाई बुवाले घरमा बन्धक बनाएर बलात्कार गर्दै आएकाे किशोरीकाे आराेपकाे आधारमा अनुसन्धान गर्न बुवालाई पक्राउ गरिएकाे इप्रका पाेखरियाले जनाएकाे छ । बुवाकाे साथै घटना बारै साेधपुछ गर्न आमा र छाेरीलाई पनि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएकाे इप्रका पाेखरियाका प्रहरी नायब निरिक्षक उपेन्द्र यादवले वताए ।

गाउँमा एक जनाकाे मृत्यु भए पछि घर बाहिर निष्कन पाएकी किशाेरी इलका प्रहरी कार्यालयमा पाेखरियमा पुगी बुवाले बलात्कार गरेकाे मौखिक जानकारी गराए पछि घटना बाहिर आएकाे हाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.951 sec. Memory consumption:81.5 mb