39 C
Birgunj
5 April 2025
KALIKATIMES.COM

सुन्दर सावित्री स्मृति संस्थाद्वारा पत्रकार चाैरसिया पुरस्कृत

वीरगंज । सुन्दर सावित्री स्मृति संस्था वीरगंजले आज एक समाराेहका विच भाेजपुरी टाईम्स दैनिकका प्रकाशक अजय कुमार चाैरसियालाई पुरस्कृत तथा सम्मान गरेकाे छ ।

संस्थाद्वारा वीरगंज १५ भिस्वा डाडामा आयाेजित चाैथाे भगवान बुद्ध पुजा-अर्चना तथा सम्मान कार्यक्रममा चाैरसियलाई रु १५ हजार नगद पुरस्कार राशी सहित सम्मान पत्रले सम्मानित गरिएकाे हाे । स्थानिय भाेजपुरी भाषामा निरन्तर पत्रकारिता गर्दै आएकाेमा चाैरसियालाई पुरस्कृत तथा सम्मान गरिएकाे आयाेजक संस्थाले जनाएकाे छ ।

संस्थाकी अध्यक्ष रत्नेश्वरी गाेर्खाली श्रेष्ठकाे अध्यक्षतामा भएकाे समाराेहमा प्रमुख अतिथी जेष्ठ नागरिक पशुपति बिक्रम शाहले पत्रकार चाैरसियालाई पुरस्कृत तथा सम्मान गरेका थिए ।

स्व. सुन्दर बहादुर गाेर्खाली र स्व. सावित्री देवी गाेर्खालीकाे स्मृतिमा विगत चार बर्ष देखि संस्थाले एक जना पत्रकारलाई क्रियाशिल पत्रकारिता पुरस्कार सम्मान गर्दै आएकाे छ ।

यस्तै साेही समाराेहमा साग खेल २०१९ का पदक विजेता लोक राज बज्रचार्य, विकास थापा, निश्चलमान श्रेष्ठ, नरेश यादव, सराेज यादव, सुमिर कुमार साह लगायतकालाई समेत सम्मान गरिएकाे थियाे ।

साे अवसरमा पूर्व सांसद राजेन्द्र बहादुर अमात्य, बुद्ध समाजका अध्यक्ष विरहर्ष साक्य, संस्थाका उपाध्यक्ष रमेश कुमार गाेर्खाली लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन भगवान कार्कीले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजमा युवा संघकाे विराेध र्‍याली

कालिका टाईम्स

अभिभावक संघकाे कार्यक्रममा ४ महिला सहित ७७ जानाद्वारा रक्तदान

कालिका टाईम्स

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

कालिका टाईम्स
SQL requests:215. Generation time:5.500 sec. Memory consumption:82.49 mb